सकसमा खेलाडी
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो पुम्सेतर्फ दुई स्वर्ण जितेकी आयशा शाक्य एसियन च्याम्पियनसिपका लागि तयारी गर्दै थिइन् । सन् २०२० मा हुने भनिएको च्याम्पियनसिपमा सहभागी हुन उनको तयारी थियो ।
नेपाली महिला क्रिकेटको सबैभन्दा ठूलो समस्या हो, खेलाडीले खेल्न नै पाउँदैनन् र यो किन भन्दा नेपालमा महिला क्रिकेट प्रतियोगिता नै हुँदैनन्, तर अहिले आएर एकसाथ दुई ठूला प्रतियोगिताको घोषणा भएको छ । यद्यपि दुवैको आयोजना मिति जुधेपछि शंका उत्पन्न भएको छ, कतै कुनै पनि प्रतियोगिता न नहुने हो कि ?
भर्खरै घोषणा भएको प्रतियोगिता हो— वुमेन्स च्याम्पियन्स लिग अर्थात् डब्लूसीएल । यसमा पाँचवटा टिम छन् र त्यसका मार्की खेलाडीको घोषणा पनि भैसकेको छ । यो प्रतियोगिता जेठमा हुनेछ, ३ देखि ११ गतेसम्म, त्यो पनि कीर्तिपुरको मैदानमा । प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट हो, जसले यसअघि पोखरामा पोखरा प्रिमियर लिग सञ्चालन गरेको थियो ।
यो प्रतियोगितामा सहभागी हुने टिम हुन्— पोखरा पल्टन, चितवन राइनोज, विराटनगर टाइटन्स, क्यापिटल्स रोयल्स काठमाडौं तथा ललितपुर फाल्कोन्स । केही समयअघि मात्र नेपाल क्रिकेट लिग हुने निश्चित भएको थियो र त्यसका लागि खेलाडीहरूको लिलामी समेत भैसकेको छ । अब प्रश्न उठ्छ— यी दुई मध्ये कुन प्रतियोगिता सञ्चालनमा आउनेछ ?