Successfully Copied

५४ जनाको मन्त्रिपरिषदमा महिला ९ जना मात्रै

हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत उपस्थिती रहनु पर्ने व्यवस्था छ । तर, पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको ५४ सदस्यीय मन्त्रिपरिषदमा १६ प्रतिशत मात्र महिला आएका छन् । पाँचौ पटक मन्त्रिमण्डल विस्तार गरेका देउवा सरकारमा ५४ सदस्यीय मन्त्रीमण्डलमा ९ जना मात्र महिला

हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत उपस्थिती रहनु पर्ने व्यवस्था छ । तर, पछिल्लो पटक प्रधानमन्त्री  शेरबहादुर देउवा सरकारको ५४ सदस्यीय मन्त्रिपरिषदमा १६ प्रतिशत मात्र महिला आएका छन् ।

पाँचौ पटक मन्त्रिमण्डल विस्तार गरेका देउवा सरकारमा ५४ सदस्यीय मन्त्रीमण्डलमा ९ जना मात्र महिला परेका हुन् । जसमा ३ जना मन्त्री र ६ जनालाई राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।

दोस्रो पटक मन्त्रीपरिषद् विस्तारमा तीन महिलालाई मन्त्रीको जिम्मेवारी दिएको थियो । जसमा कांग्रेसबाट सहकारी तथा गरीबी निवारण मन्त्रीमा अम्बिका बस्नेत, महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा माओवादी केन्ऽबाट आशा कोइराला र जनसंख्या तथा वातावरण मन्त्रीमा नेकपा संयुक्तबाट मिथिला चौधरी परेका थिए ।

त्यस्तै चांैथो पटकको मन्त्रीमण्डल विस्तारमा कांग्रेसले पाँच महिलालाई राज्य मन्त्रीको जिम्मेवारी दिइएको थियो । जसमा कृषि विकास राज्यमन्त्रीमा सरिता प्रसाईं, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा सीता गुरुङ, सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीमा चम्पादेवी खड्कालाई जिम्मेवारी दिएको छ ।

यस्तै फोरक लोकतान्त्रिकबाट संस्कृति, पर्यटन तथा नागरक उड्डयनमा सुमित्रा थरुनी, भूमिसुधार तथा व्यवस्थ राज्य मन्त्रीमा यशोदा कुमारी लामा र पशुपंक्षी विकास राज्य मन्त्रीको जिम्मेवारी गोमा कुँबरलाई दिईएको छ ।

सरकारमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने माग राख्दै महिला सांसद समन्वय समितिले दवाव दिदैं आएपनि सोमबार पाँचौ पटक मन्त्रिपरिषद विस्तार गर्दा एक जना पनि महिला मन्त्री पारेनन् ।

 Image