Successfully Copied

प्रमुखमा महिलाको दाबेदारी नै कम

असोज २ गते हुने तेस्रो चरण अन्र्तगत २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा ११ जना महिलाले मात्रै प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । प्रमुख ठूला दल कांग्रेस, एमाले र माओवादी लगायत राजपा, संघीय समाजवादी फोरमले १३६ स्थानीय तह मध्ये ११ स्थानीय तहको

असोज २ गते हुने तेस्रो चरण अन्र्तगत २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा ११ जना महिलाले मात्रै प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् ।

प्रमुख ठूला दल कांग्रेस, एमाले र माओवादी लगायत राजपा, संघीय समाजवादी फोरमले १३६ स्थानीय तह मध्ये ११ स्थानीय तहको प्रमु पदमा महिला अघि सारेका छन् । बाँकी १२५ तहमा पुरुषलाई प्राथमिकता साथ प्रमुखमा उठाईएको छ ।  

सत्तारुढ दल कागें्रसले २, एमालेले ३, माओवादी केन्द्रले १, संघिय समाजवादी फोरमले ३ र राजपाले २ गरि ११ जना महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट रौतटहको इस्थान नगरपालिका प्रमुख कौशिल्य देवी र सिरहा भगवानपुर गाउँपालिका अध्यक्ष मीरादेवी यादवले प्रमुख प्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी पहिलो तथा दोस्रो चरणको निर्वाचनमा अन्य दलको तुलनामा प्रमुख पदमा महिलालाई बढी उम्मेदवार बनाएको एमालले यस पटक पनि ३ महिलालाई प्रमुख पदमा उम्मेदवारी बनाएको छ ।

महोत्तरीको सर्लाहीको बरथवा नगरपालिका प्रमुखमा कल्पना कटुवाल, रौतहटको गुजरा नगरपालिका प्रमुखमा रामेश्वरीदेवी चौधरी र सस्सी गाउँपालिका अध्यक्षमा मिनाक्षीकुमारी सिंहलाई उम्मेदवारी बनाएको हो ।

माओवादी केन्द्रले रौतहटको मौलापुर नगरपालिकामा रिना कुमारी साहलाई उम्मेदवार बनाएको छ ।

संघीय समाजवादी फोरमले पर्साको धोबिनी गाउँपालिका अध्यक्षमा सुशीलादेवी चौधरी, बारा कलैया उपमहानगरपालिकाको प्रमुखमा लक्ष्मीदेवी राय र बारागढी गाउँपालिका अध्यक्षमा पुनम देवीलाई उठाएको छ ।

त्यस्तै राजपाले सप्तरी छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा विमलादेवी यादव र सर्लाहीमा बसबरिया गाउँपालिका किरणदेवी रायलाई उठाएको छ ।

स्थानीय तह निर्वाचन ऐनले अनिवार्य रुपमा प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष मध्ये ५० प्रतिशत र वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

प्रदेश २ अन्र्तगत ८ जिल्लाका १३६ स्थानीय तहमा ६,६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यो पटक २६ लाख ६४ हजार ९५० जना मतदाताले भोट हाली जनप्रतिनिधि छान्नेछन् ।

वीरगञ्ज महानगर, जनकपुर, कलैया र जीतपुृर–सिमरा (तीन) उपमहानगर, ७३ नगरपालिका र ५९ गाउापालिकामा चुनाव हुादैछ । निर्वाचन आयोगले २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र तोकेको छ ।

 Image