Successfully Copied

महिलाले थाहा नपाउने पुरुषका कुरा

महिलाहरू पुरुषका बारेमा खासगरी आफ्ना श्रीमान् वा प्रेमीका बारेमा आफूलाई सबै जानकारी भएको भ्रममा हुन्छन् तर यथार्थ त्यस्तो हुँदैन । महिलाहरूले पुरुषका बारेमा थाहा पाएँ भनी सोचेका कतिपय कुरा भ्रमपूर्ण हुन्छन् वा ती रहस्यले भरिएका हुन्छन् ।

महिलाहरू पुरुषका बारेमा खासगरी आफ्ना श्रीमान् वा प्रेमीका बारेमा आफूलाई सबै जानकारी भएको भ्रममा हुन्छन् तर यथार्थ त्यस्तो हुँदैन । महिलाहरूले पुरुषका बारेमा थाहा पाएँ भनी सोचेका कतिपय कुरा भ्रमपूर्ण हुन्छन् वा ती रहस्यले भरिएका हुन्छन् ।

- पुरुषहरूमा इगो धेरै हुन्छ । उनीहरूले मनमनै गल्ती महसुस गरे पनि त्यसलाई बाहिर दर्शाउँदैनन् । पुरुषहरू आफ्नै कुरामा अडिइरहन्छन् तसर्थ पुरुषको इगोमा चोट पुर्‍याउने काम नगरेकै राम्रो हुन्छ । आत्मीय सम्बन्धका लागि महिलाले पुरुषको यस्तो स्वभाव बुझ्नु आवश्यक छ ।

- पुरुषहरूको स्मरणशक्ति तीक्ष्ण हुन्छ । यो कुरा सत्य भए पनि विडम्बना के छ भने उनीहरू आफ्नी श्रीमतीको जन्मदिन, उनको रुचिकर खाना, पहिरन, गाना आदि जस्ता कुरा बिर्सन्छन् । उनीहरूले जानीबुझी त्यसो गरेका भने होइनन् । उनीहरूलाई यस्ता कुरा गर्न गार्‍हो लाग्छ ।

- पुरुषलाई केवल न्यूज च्यानल, क्रिकेट एवं स्पोर्ट्स हेर्न वा त्यसको चर्चा गर्न रमाइलो लाग्छ भन्नु ठीक होइन । उनीहरू भावनात्मक एवं पारिवारिक टिभी कार्यक्रमहरू पनि हेर्न रुचाउँछन् तर महिलाहरूले छेड नहानून् भन्ने अभिप्रायले आफ्नो मनको कुरा मनमनमै लुकाउन खोज्छन् ।

- पुरुषहरू झूटो बोल्छन् भन्ने महिलाहरूको धारणा हुन्छ तर सच्चाइ के हो भने उनीहरू केही कुरा झूटो बोलेरै भए पनि आफ्नी श्रीमती वा प्रेमिका खुसी भएको हेर्न चाहन्छन् ।

- पुरुषहरू पनि महिलाझैं असुरक्षित महसुस गर्छन् । यो कुरा पत्याउन मुस्किल भए पनि यथार्थ के हो भने उनीहरूले आफ्नो भावना खुलेर व्यक्त नगर्ने भएका कारण महिलाहरूले त्यसको जानकारी प्राप्त गर्न सक्दैनन् ।

- पुरुषलाई आफ्नो गल्ती, कुनै कमजोरी वा त्रुटिका विषयमा कुरा गरेको मन पर्दैन ।

- महिलाका पहिरन, मेकअप एवं हेयर स्टाइलप्रति पुरुषहरू केही हदसम्म मात्र आकर्षित हुन्छन् भने महिलाको व्यक्तित्व एवं आत्मविश्वासबाट उनीहरू बढी प्रभावित हुन्छन् ।

- महिलाले आफ्नो दिनभरिको रामायण सुनाउँदा पुरुषहरू वाक्कदिक्क हुन्छन् तसर्थ ठेट कुरा संक्षिप्त रूपमा बताउनु उपयुक्त हुन्छ ।

- पुरुषलाई प्रेम प्रदर्शनको मामिलामा महिलाले पहल गरेको मन पर्छ । महिला साथीले हात समाउने, अँगालो मार्ने, आफूलाई मनाउन अनेक प्रयत्न गर्ने, विकेन्डका लागि योजना बनाउने, फोनमा रोमान्टिक वार्तालाप गर्नेजस्ता क्रियाकलाप पुरुषहरू औधी रुचाउँछन् ।

- सामान्यत: पुरुषहरू आफ्ना महिला साथीको पुरुष पार्टनर आफू मात्र भएको रुचाउँछन् । अतीतकै कुरा भए पनि उनीहरू अन्य पुरुषसँग आफ्नी प्रेमिका वा श्रीमतीको प्रगाढ संगत सहन सक्दैनन् । उनीहरू त्यसलाई आफ्नो सानको विरुद्ध हुने मान्यता राख्छन् तसर्थ पुरुषलाई यो मामिलामा भ्रममै रहन दिनु उपयुक्त हुन्छ । आफ्ना अतीतका प्रेमी वा पुरुष साथीका विषयमा कुरा नगर्नु नै वेश हुन्छ ।

- पुरुषलाई आफूअनुकूल बदल्ने सपना देखिएको छ भने त्यस्तो सपना देख्न छोड्नु नै श्रेयस्कर हुन्छ किनभने पुरुषहरू त्यति सजिलै परिवर्तन हुँदैनन् । आफ्नो सौन्दर्य, सीप, व्यक्तित्व, यौनक्षमता आदि जेसुकै प्रयोग गरेर रिझाउन खोजे पनि पुरुषहरू हो मा हो मिलाउनेभन्दा बढी केही गर्दैनन् र

आफ्नो बानी पनि सुधार्दैनन् तसर्थ उनीहरू जस्ता छन् त्यस्तै रहन दिनु र त्यही रूपमा अँगाल्नु बुद्धिमानी हुन्छ ।

- पुरुषले कुनै कसम खान्छन् भने के बुझ्नुपर्छ भने उनीहरू निराश, थकित वा क्रोधित छन् न कि साँच्चै आफूलाई प्रमाणित गर्न चाहन्छन् ।

- पुरुषलाई सरप्राइज असाध्यै मन पर्छ । यो कुरा बुझेर सोहीअनुसार क्रियाकलाप गर्न सके पुरुष पार्टनरलाई खुसी बनाउन कुनै गार्‍हो छैन ।

- बढी कुरा गर्ने विषयमा महिलाहरू बदनाम छन् तर पुरुष पनि यो कुरामा पछि छैनन् । विशेष गरी आफ्ना सहकर्मी वा हाकिमका बारेमा कुरा चल्दा पुरुषले महिलालाई पनि माथ गर्छन् ।

- प्राय: पुरुष सपिङप्रति त्यति रुचि लिँदैनन् । उनीहरू बढी मूल्य तिर्नुपरे पनि तयार हुन्छन् तर मोलभाउ गर्दै पसल–पसल चहार्नु उनीहरूका लागि सबैभन्दा दिक्कलाग्दो काम हो ।

- आफ्ना श्रीमान् वा प्रेमीले आफूसँग कुरा गर्ने क्रममा कुनै सुन्दर युवतीलाई हेरे भने रिसाउनु बेकार हो किनभने सुन्दर एवं सेक्सी युवतीप्रति आकर्षित हुनु पुरुषको नैसर्गिक स्वभाव हो । यसलाई अन्यथा मानेर कुनै फाइदा छैन ।

- पुरुषमा महिलाले जस्तो आफ्ना साथीसँग गम्भीर झैझगडा गर्ने स्वभाव हुँदैन तसर्थ जब श्रीमती वा प्रेमिकासँग झगडा पर्छ उनीहरू निराश हुन्छन् ।

- पुरुषहरू रुँदैनन् भन्नु गलत हो । उनीहरू सकेसम्म पीडा सहन्छन् भने आखिरी परे रोइ पनि दिन्छन् । यद्यपि पहिलेका यस्ता कुरा सुनाएको पुरुषहरू मन पराउँदैनन् किनभने उनीहरू आफूलाई कमजोर चित्रण गरेको सहन सक्दैनन् ।

- पुरुषहरू महिलाले जस्तो पहिरन छनोट गर्न समय लगाउँदैनन् । उनीहरू आधा मिनेटमै पहिरन छनोट गरिसक्छन् तर कुनै सुन्दर युवतीसँग भेट्न जाँदैछन् भने कुरा अलग हुन्छ ।

-  पुरुषहरूको कुराकानीको विषय सदैव केटीहरू नै हुन्छन् भन्नु गलत हो । उनीहरू प्राय: खेल, कार, बाइक, भ्रमण वा शारीरिक तन्दुरुस्ती आदि विषयमा कुराकानी गर्छन् ।

- पुरुषहरू बाइक वा कार तीव्र गतिमा चलाउँछन् भन्नु पनि ठीक होइन । छेउमा सुन्दर युवती बसेका बेला उनीहरू तीव्र गतिमा सवारी चलाउँछन् अन्यथा सन्तुलित गतिमा सावधानीपूर्वक सवारी हाँक्छन् ।

- पुरुषको मन चलायमान रहन्छ, फलस्वरूप उनीहरू एकसुरमा हुन्छन् । त्यस्तो बेला महिलाले के सोचिरहेका छौं भनी प्रश्न गरे केही होइन भनेर चुप लाग्छन् । हुन पनि उनीहरू केही सोचिरहेका हुँदैनन् । यस्तो बेला उनीहरूको कुरा नपत्याउँदा वा बारम्बार प्रश्न गर्दा उनीहरू रिसाउन सक्छन् ।

- पुरुषहरू प्राय: घरका सामान यताउता     छरिदिन्छन्, कोठामा, बाथरुममा वा बैठकमा सामान ठीक ठाउँमा राख्ने कुरा उनीहरूलाई सम्झना हुँदैन । यस्तो बेला रिसाउनु, गाली गर्नु वा हल्ला मच्चाउनुको कुनै अर्थ छैन बरु प्रेमपूर्वक कुरा गरेर उनीहरूको त्यस्तो बानीमा परिवर्तन ल्याउन सकिन्छ ।

- पुरुषहरू धोकेबाज हुन्छन् भन्नु ठीक होइन । केही धोकेबाज हुन्छन् भने केही इमान्दार पनि हुन्छन् । सबै पुरुषलाई एउटै टोकरीमा राखेर हेर्नु ठीक होइन । जीवनसाथी चयन गर्नुअघि को कस्तो छ भनेर निक्र्यौल गर्न सक्नु नै आफ्नो बुद्धिमानी हो ।

- पुरुषहरूले कुनै पनि बेला टाउको दुखेको, शरीर दुखेको वा अन्य कुनै प्रकारको पीडा भएको गुनासो गरे के बुझ्नुपर्छ भने उनीहरू महिला साथीको साथ खोजिरहेका छन् ।

- पुरुषलाई आफ्नो समस्या आफैंले सुल्झाउँदा रमाइलो लाग्छ किनभने त्यसमा पूर्णताको आनन्द हुन्छ । यस्तो बेला उनीहरू श्रीमती वा प्रेमिकाले दिएको सल्लाह रुचाउँदैनन् तसर्थ चुप रहनु नै श्रेयस्कर हुन्छ ।

- खाना एवं निद्राझैं सेक्स पनि पुरुषको आवश्यकता हो तसर्थ यसका लागि पुरुषको पहल नपर्खी महिला साथीले पहल गरे भने उनीहरू सर्वाधिक प्रसन्न हुन्छन् । यौनका लागि उनीहरूले पहल गरेका बेला आफूले अस्वीकार गरे त्यो सम्बन्धमा खलल पैदा गराउने पर्याप्त कारण बन्नसक्छ । कारण यौनका लागि कतिपय पुरुष जुनसुकै हदसम्म जानसक्छन् ।

- पुरुषहरू स्वादिष्ट खानपानका सौखिन हुन्छन् । उनीहरूको प्रेम प्राप्त गर्न मीठा–मीठा परिकार बनाउन जान्नुले पनि फाइदा पुर्‍याउँछ ।

- पुरुषहरू सदैव श्रीमती वा प्रेमिकालाई खुसी राख्न चाहन्छन् । यद्यपि यदाकदा उनीहरू सानातिना गल्ती गरिदिन्छन् । त्यस्तो बेला नरिसाई प्रेमपूर्वक आँखा तर्ने हो भने उनीहरू औधी खुसी हुन्छन् ।

- पुरुषहरू सेक्सपछि तुरुन्तै कोल्टो फर्केर निदाउँछन् । त्यतिबेला उनीहरू न प्रेम प्रदर्शन गर्छन्, न धेरै कुरा नै गर्छन् । यस्तो व्यवहारका कारण महिलाहरू चिढिन्छन् र ‘आफ्नो मतलब पूरा भएपछि के छ र, मेरो के वास्ता ?’ भन्नसमेत चुक्दैनन् । यथार्थ के हो भने पुरुषहरूको शारीरिक संरचना नै त्यस किसिमको हुन्छ, सेक्सपछि उनीहरूलाई निद्राले आक्रमण गर्छ । यस्तो समयमा उनीहरूले आफूलाई प्रेम गर्दैनन् भन्नु गलत हो । यस्तो बेला रिसाउनुभन्दा प्रेमपूर्वक स्पर्श एवं प्रगाढ आलिंगनमा बाँधी केही समयपछि पुन: यौनक्रीडाका लागि तयार पार्न सकिन्छ ।

- महिलाजस्तै पुरुषहरू पनि आफ्नो तौल एवं फिगरप्रति संवेदनशील हुन्छन् । त्यसमा आएको सानो परिवर्तनले पनि उनीहरूलाई चिन्तित तुल्याउन सक्छ ।

- कतिपय पुरुष स्वभावैले महिलालाई दु:ख दिने, मारपिट गरेर आनन्द लिने खालका हुन्छन् । त्यसो गर्दा उनीहरूलाई आफू शक्तिशाली भएको महसुस हुन्छ । त्यसैले बारम्बार उनीहरू त्यस्ता क्रियाकलाप दोहोर्‍याउँछन् । आफ्नो पुरुष साथी पनि त्यस्ता छन् भने उनलाई मनोचिकित्सककहाँ लगेर उपचार गराउनुपर्छ । अनेक उपायबाट पनि कुनै समाधान ननिस्किए सम्बन्ध तोड्नुमै भलाइ हुन्छ ।

- सेक्स र प्रेममा धेरै फरक छ तर कतिपय पुरुष यसलाई एउटै मान्छन् तसर्थ विवाहअघि प्रेमीसँग यौनसम्बन्ध राख्न हतारिनु हुँदैन । विवाहअघि हुँदैन भन्नु नै उत्तम हुन्छ, स्वीकार गर्दा उनीहरूले धोका दिनसक्छन् वा नराम्रो मान्न सक्छन् ।

 - ड्राइभिङ गरिरहेका बेला यसरी चलाऊ, उता घुमाऊ, यसरी किन हाँकेको भनी सिकाएको कुनै पनि पुरुषलाई मन पर्दैन तसर्थ यस्तो कुरामा चुपचाप बस्नु नै उपयुक्त हुन्छ ।

 - पुरुषहरू बढी नै मुडी हुन्छन् तसर्थ सम्बन्धलाई महिलाले नै सम्हाल्नुपर्छ । सम्बन्ध टुटिसकेपछि जोड्न उपन्यास तथा चलचित्रमा मात्र सहज हुन्छ, वास्तविक जीवनमा होइन । यथार्थमा टुटेको सम्बन्ध जोड्न निकै कठिन हुन्छ ।

- पुराना विचारका पुरुषलाई रेस्टुराँको बिल आफैंले तिर्न मन लाग्छ तर हिजोआजका केटाहरू केटीले बिल तिर्दा वा बाँडेर तिर्दा औधी खुसी हुन्छन् ।  

 Image