Successfully Copied

गर्मीमा स्वास्थ्यको हेरचाह

गर्मी मौसममा बढी पसिना आउँछ । त्यसपछि शरीरमा पानीको कमी हुन थाल्छ अर्थात् डिहाइड्रेसनको समस्या हुन्छ । यसबाट पित्त पनि बढ्छ । त्यसैले, दिनभरिमा १०–१२ गिलास पानी पिउँने, भरसक रसयुक्त फलफूल सेवन गर्ने , फलफूलको जुस, कागतीको रस, पुदिनाको सर्बत, लस्सी आदि पिउँने

गर्मी मौसममा बढी पसिना आउँछ । त्यसपछि शरीरमा पानीको कमी हुन थाल्छ अर्थात् डिहाइड्रेसनको समस्या हुन्छ । यसबाट पित्त पनि बढ्छ । यसका लागि निम्न उपाय अपनाउनु उपयुक्त हुन्छ :

- दिनभरिमा १०–१२ गिलास पानी पिउँदा शरीरबाट विषाक्त तत्व निस्कन्छ र छालामा चमक देखापर्छ ।

-  भरसक रसयुक्त फलफूल सेवन गर्नुपर्छ ।

-  फलफूलको जुस, कागतीको रस, पुदिनाको सर्बत, लस्सी आदि पिउनुपर्छ ।

- सलादलाई भोजनमा नियमित रूपमा समावेश गर्नुपर्छ ।

- धेरै नुनिलो खाना खानुहुँदैन ।

- भोजनमा दही, लस्सी एवं अन्य तरलपदार्थ समावेश गर्नुपर्छ । तरलपदार्थले छाला तथा केशलाई फाइदा पुग्छ ।

- तरबुजा, खरबुजा, अंगुर, नासपाती आदिको प्रयोग बढाउनुपर्छ । तरबुजाको रस निकै फाइदाजनक हुन्छ ।

- गाजर, सलादको पात, घिरौंला एवं हरियो सागपातले यो मौसममा शीतलता प्रदान गर्छ ।

- गर्मीमा कहिलेकाहीँ पित्त बढ्छ । शरीरमा पित्तको सन्तुलन कायम राख्न अलैंची, सौफ तथा पुदिना प्रयोग गर्नुपर्छ ।

 - पित्तको सन्तुलन कायम राख्न राति सुत्नुपूर्व चिसो दूध पिउन सकिन्छ । दूधले छालालाई पोषण प्रदान गर्छ भने त्यसको नरमपन पनि कायम राख्छ । बदाम र गुलाबजल हालेर दूध पिउँदा शीतलता प्राप्त हुन्छ ।

 - पित्तलाई सन्तुलित राख्ने रोज, सेन्डलवुड तथा लेवेन्डरजस्ता एसेन्सियल आयलको प्रयोगले मन–मस्तिष्क दुवैलाई शान्ति प्रदान गर्छन् ।

-  गर्मीमा खस र चन्दनको सर्बत लाभदायक हुन्छ ।

- धेरै अमिलो वा मसलेदार खानाबाट जोगिनुपर्छ ।

-  चर्को घाममा भरसक बाहिर निस्कनु हुँदैन ।

गर्मीमा शीतलता कायम राख्न

- पुदिना वा हरियो धनियाँ पिसेर हातखुट्टामा लगाउँदा जलन कम हुन्छ ।

- मेहन्दी प्रयोग गर्नाले जलन हटेर शीतलता प्राप्त हुन्छ ।

- काँचो प्याजको रस लगाउँदा गर्मीले थाकेको अवस्थामा राहत मिल्छ ।

-  हातखुट्टामा बाख्राको दूध मल्दा पनि जलन हट्छ ।

- लौकाको गुदी मल्दा हातखुट्टा पोल्ने समस्या कम हुन्छ ।

 - सातु खाँदा पनि शरीरको जलनमा राहत प्राप्त हुन्छ ।

- दिउँसो अमला, स्याउ आदि खाँदा जलन हुँदैन ।

-  सौफको पाउडर दूधमा मिसाएर पिउँदा गर्मीबाट राहत प्राप्त हुन्छ ।

- मेवालाई पिसेर हातखुट्टामा लगाउँदा शीतलता प्राप्त हुन्छ ।

- काँचो प्याज खाँदा पनि गर्मीबाट राहत पाइन्छ ।

पसिनाको दुर्गन्धबाट जोगिन

- सबैभन्दा पहिले आफ्नो रुटिन, खानपान एवं सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ ।

- गर्मीमा दुई पटकसम्म स्नान गर्न सकिन्छ ।

- कीटाणुबाट सुरक्षा प्रदान गर्ने साबुन वा बडी वास प्रयोग गर्न सकिन्छ ।

-  सुगन्धित पाउडर वा डिओ प्रयोग गर्नुपर्छ ।

- मसालेदार, अमिलो, पिरो तथा चिल्लो भोजनबाट टाढै रहनुपर्छ ।  

 Image