मामाघरको सपना
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

अग्लो कद, आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारकी धनी सुशीला पाठकलाई पहिलो पटक भेट्दा जो कोही झुक्किन्छन् । एउटा विधामा स्थापित हुने क्रममा रहेकी सुशीलालाई अधिकांशले अर्कै विधामा सक्रिय भएको अनुमान गर्छन् । वास्तवमा उनी गायिका हुन् । तीन वर्षदेखि संगीत साधनामा लिप्त सुशीलालाई चलचित्रकी नायिका अथवा मोडल मान्नेहरूको कमी छैन । केही म्युजिक भिडियोमा मोडलिङ गरेकाले पनि सुशीलामा मोडल तथा अभिनेत्रीको झलक देखिएको हुनसक्छ ।
अघिल्लो साता आफ्नो पहिलो एल्बम सप्तरंगी सार्वजनिक गर्ने समारोहमा त सुशीलाको हाउभाउमा झुक्किनेहरू प्रसस्तै थिए । लेहेंगा चोलीमा सजिएकी सुशीला उक्त एल्बमको आवरणमा चलचित्रको पोस्टर झैं सजिएकी छिन् । डिजाइनर अनिल स्थापितले एल्बमको आवरणमा सुशीलालाई रातो टप्स तथा कालो टाइट जिन्समा प्रस्तुत गरेका छन् । यद्यपि म्युजिक भिडियो तथा चलचित्रबाट अभिनयको प्रस्ताव आए पनि आफू संगीतमा मात्र सक्रिय हुने सुशीलाको मनसाय छ ।