Successfully Copied

गर्मीको एलर्जीबाट जोगिन

गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ । गर्मीमा एलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् । छालालाई सुख्खा मौसमको कुप्रभावबाट जोगाउन विभिन्न क्रिम, साबुन तथा जेल प्रयोग गरिन्छ ।

गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ । गर्मीमा एलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् । छालालाई सुख्खा मौसमको कुप्रभावबाट जोगाउन विभिन्न क्रिम, साबुन तथा जेल प्रयोग गरिन्छ । गलत औषधिको प्रयोगका साथै विभिन्न क्रिम, साबुन, जनावरमा हुने कीटाणु, रंग आदिका कारण पनि एलर्जी हुनसक्छ । यसले गर्दा रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने तथा खोकी लाग्ने हुनसक्छ । यस्ता समस्याबाट जोगिन धूलो–धूवाँबाट टाढै रहनुपर्छ ।

अहिले जतासुकै बाटो खनिएको हुँदा जताततै धूलैधूलो छ । यस्तो अवस्थामा बाहिर हिँडडुल गर्दा सबै शरीर छोप्नुपर्छ भने मास्क तथा चस्मा पनि लगाउनुपर्छ । सुख्खा मौसम भएकाले प्रशस्त पानी पिउनुपर्छ । बाहिर गएर आएपछि अनुहार तथा हातखुट्टा राम्रोसँग धुनुपर्छ । कतिपयलाई घामले एलर्जी हुन्छ । एलर्जी भएको ठाउँमा कन्याउनुहुँदैन । लामो समयसम्म निको नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

 Image