Successfully Copied

राष्ट्रिय ललितकला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गत महिना सातौं राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ बबरमहलस्थित आर्ट काउन्सिलमा सम्पन्न भयो । यो वर्षको प्रदर्शनीमा प्रतियोगी तथा अप्रतियोगी गरी विभिन्न विधाका कुल ४ सय ५८ कलाकृति प्रदर्शन गरिए जुन ४ सय २८ जना कलाकारले निर्माण गरेका थिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गत महिना सातौं राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ बबरमहलस्थित आर्ट काउन्सिलमा सम्पन्न भयो । यो वर्षको प्रदर्शनीमा प्रतियोगी तथा अप्रतियोगी गरी विभिन्न विधाका कुल ४ सय ५८ कलाकृति प्रदर्शन गरिए जुन ४ सय २८ जना कलाकारले निर्माण गरेका थिए । केही वर्ष यता नेपाली कलाकारहरू विदेशमा समेत आफ्नो सिर्जना प्रदर्शन गर्न तथा वर्कसपमा भाग लिन गैरहेका छन् भने विभिन्न देशका कलाकारहरू नेपाल आएर यहाँका कलाकारसँग कला प्रर्दशनी गर्ने क्रमसमेत बढ्दो छ । फलस्वरूप प्रदर्शनीको संख्या त बढेको छ नै कलाकारलाई गरिने सम्मानमा समेत वृद्धि भएको छ । नेपालको सबैभन्दा ठूलो कला प्रदर्शनी भने राष्ट्रिय ललितकला प्रदर्शनी नै हो । यसमा भाग लिन कलाकारहरू उत्साहित हुन्छन् । कलाकार सुनीता राणाका अनुसार अहिले नेपाली कला क्षेत्र फस्टाउँदो अवस्थामा छ ।

अहिले राम्रा सर्जकहरूका लागि नाम र दाम दुवै छ । लोक, आधुनिकदेखि परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सृजनात्मक कला आदिका सबै विधा उक्त प्रदर्शनीमा समेटिएका थिए । प्रदर्शनीको उद्घाटनका क्रममा विभिन्न विधाका कलाकारलाई पुरस्कारसमेत प्रदान गरिएको थियो जसअनुसार अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मानबाट पाका चित्रकार दुर्गा बराल सम्मानित भए भने मूर्तिकला विधामा रवीन्द्र ज्यापूलाई अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान प्रदान गरियो । यसैगरी डा. यमप्रसाद शर्माले राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा पत्रकार डब्बु क्षेत्रीले राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्राप्त गरे ।

पुरस्कार तथा सम्मान पाउने कलाकार :

आधुनिक चित्रकला : कृष्ण लामा

परम्परागत चित्रकला : समुद्रमान सिंह श्रेष्ठ

आधुनिक मूर्तिकला : सुनीता राणा

परम्परागत मूर्तिकला : दिलन महर्जन

हस्तकला : दिल्लीराज शाक्य

लोककला : कमला सुतिहार

अन्य सिर्जनात्मक कला : रवीन्द्र मानन्धर

विशेष कलाकार पुरस्कार  

आधुनिक चित्रकला : सविता डंगोल, सरोजा खड्गी, देवेन्द्र गुरुङ

परम्परागत चित्रकला : विनम्र डंगोल, राजकुमार राना मगर

आधुनिक मूर्तिकला : हिम्मत नेम्वाङ, विशाल मगर

परम्परागत मूर्तिकला : कृष्ण गोपाल गारू, रमेश शाक्य

हस्तकला : सुनील व्यान्जु, इन्द्रप्रसाद शिल्पकार  

लोक कला : सुनयना ठाकुर

फोटोग्राफी : हरि महर्जन

अन्य सिर्जना : झुवीन्द्र गुरुङ, कञ्चन तामाङ

प्रतिस्थापन कला : विजेन्द्र श्रेष्ठ

प्रादेशिक पुरस्कार

लोककला : माधवी कर्ण

हस्तकला : सन्तोष यादव

परम्परागत चित्रकला : रहनी सिंख्वाल

आधुनिक चित्रकला : थमन सिंह

आधुनिक चित्रकला : मन गोल्डी

कार्टुन चित्रकला : सागर शाह

मूर्तिकला : राजकुमार महर्जन

 Image