Successfully Copied

जेल नेल एक्सटेन्सन

अहिले नेल एक्सटेन्सन एवं नेल आर्टप्रति धेरैको रुचि बढ्दो छ । हिजोआज जेल नेल एक्सटेन्सन फेसनमा छ ।

अहिले नेल एक्सटेन्सन एवं नेल आर्टप्रति धेरैको रुचि बढ्दो छ । हिजोआज जेल नेल एक्सटेन्सन फेसनमा छ । यसका लागि सर्वप्रथम हातलाई सेनिटाइजरले सफा गर्ने । त्यसपछि नेलमा नेलपलिस वा नेल आर्ट छ भने सफा गरी हटाउने । नेललाई आवश्यकताअनुसार राउन्ड सेपमा छोटो बनाउने । औंलाको क्युटिकलमा क्युटिकल रिमुभललाई फिजाएर लिक्विड सप मिक्स गरिएको मनतातो पानी भएको फिंगर बावलमा औंला डुबाई ५ मिनेट छोड्ने । मेटल पुसरले नेल प्लेटमा ७५ डिग्रीमा राखेर सफ्ट तरिकाले क्युटिकलसम्म पुस गर्दै जाने । यो विधि हरेक औंलामा पालैपालो पयोग गर्नुपर्छ । त्यसपछि बूढीऔंलाले गजले बेरेर निपर पनि बायाँ हातले समाएर विस्तारै निपरको मुख सानो खोलेर चुच्चो धार भएको भागबाट डेडस्किन वा क्युटिकल काट्दै जाने । फल्स नेल ग्लुको सहायताले नेल प्लेटमा जोड्दै जाने । नेल जोडिएपछि नेल कटरले आवश्यकताअनुसार काट्दै इच्छित आकार दिने । त्यसपछि रिजाइन वा बुल्डर जेलले सरफेस मिलाउने र युभी मेसिनमा सुकाउने । बेस जेल लगाउने र सुकाउने । त्यसपछि ब्रसको सहायताले कलर जेल लगाउँदै जाने र सुकाउने । त्यसमाथि ग्लिटर र स्टोन लगाउने । त्यसमाथि टप जेल लगाउने र सुकाउने । सुकेपछि जेल क्लिनरले सरफेसलाई नरम तथा सफा बनाउन जेल वाइपरमा मिक्स गरेर क्लिन गरिदिने ।

नेल एक्सटेन्सन तथा आर्ट : क्रिसब त्वाना बासु , जुम ब्युटि पार्लर , नेल एण्ड मेहन्दी

कुपण्डोल

तस्बिर : महेश प्रधान

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

 Image