Successfully Copied

नेल आर्ट च्याम्पियनसीप हुँदै

नेपालमै पहिलो पटक नेपाल नेल आर्ट च्याम्पियनसीप २०२२ हुने भएको छ ।

नेपालमै पहिलो पटक नेपाल नेल आर्ट च्याम्पियनसीप २०२२ हुने भएको छ । ‘द जङस्ट्रङ नेलआर्टको आयोजनामा यही सेप्टेम्बर १० तारिख ( भाद्र २५ गते शनिबार ) का दिन सिल्भर ओक पार्टी प्यालेस गैरीधारा काठमाण्डौंमा आयोजना हुन गइरहेको उक्त च्याम्पियनसीपका विजेतालाई ५० हजार नगद तथा प्रमाणपत्र र पदक प्रदान गरिनुका साथै द जङस्ट्रङ नेलआर्ट दुबाई शाखामा रोजगारको व्यवश्था समेत गरिनेछ । नेपाल नेल च्यम्पियनसीप विजेता घोषणा हुनेले दुबाई नेल च्याम्पियनसीप २०२३ को प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् । लामो समयदेखी स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै नेलआर्ट, नेल एक्सटेन्सन, नेल हाइजिनमा काम गर्दै आइरहेको द जङस्ट्रङ नेलआर्टले हाल नेपालका साथै दुबाई, साउदी, कतार लगायत मिडिल इस्ट देशमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ । द जङस्ट्रङ नेलआर्टका सञ्चालक सुनिलजंग मल्लका अनुसार सौन्दर्य क्षेत्रमा नया“ आयाम थप्ने मात्र नभएर सयौं नेपालीलाई रोजगारी समेत दिइरहेको द जङस्ट्रङ नेलआर्टले नेपालको सौन्दर्य क्षेत्रमा पहिलो पटक यस्तो किसिमको नेल प्याजेन्ट गर्ने आ“ट गर्नु भनेको नेपाल र नेपाली कलालाई बिदेशी स्तरसम्म चिनाउने र फैलाउने मुल लक्ष्य तथा उद्धेश्य हो ।

नेपाल नेल च्याम्पियनसीप २०२२ मा दुबाइ नेल च्याम्पियनसीपका निर्देशक गलिना स्पाइरलिंग, दुबाइ नेल च्याम्पियनसीपका निर्णायकहरु सुनिलजंग मल्ल, सरस्वती मल्ल अधिकारी र मारिया मुख्य निर्णायकका रुपमा रहनेछन् छन् भने फ्लोर निर्णायकमा निरज जिरेल, किरण मल्ल, सुनिता लामा र एनी निरौला रहनेछन् । नेपालको बेरोजगारी समस्यालाई टि जगंस दुबाइले तालिम पश्चात रोजगारी प्रदान गर्नका लागी यो आयोजना गर्न लागिएको कार्यक्रम आयोजकको दावी छ । ग्राण्ड फिनालेका दिन अर्बन कम्पनीका निर्देशक मारियाले अर्बन कम्पनीमा कसरी जागिर प्राप्त गर्न सकिन्छ भन्ने तालिम तथा सिकाइबारे ज्ञान प्रदान गर्नेछिन् । दुबाइ नेल च्याम्पियनसीपका निर्देशक गलिना स्पाइरलिंगले दुबाइ च्याम्पियनसीपमा कसरी भाग लिने भन्ने कुराबारे बिस्तृत जानकारी दिनेछिन् भने टि जंगस् दुबाइका ब्युटी निर्देशक सुनिलजंग मल्लले विदेशमा कसरी जागिर सुनिश्चित गर्न सकिन्छ भन्ने जानकारी दिनेछन् । टि जङस् दुबाइले यो बर्ष १ हजार जनालाई रोजगार प्रदान गर्ने लक्ष्य लिएको टि जंगस्का म्यनेजर निरज जिरेलले बताए । साथै टि जंग्सले टेन एक्स इम्प्याक्ट ४० ( नेप्लिज क्यान डु ) कार्यक्रम मार्फत तालिम प्राप्त दक्ष जनशक्तिलाई दुबाइ लगायत मिडिल इस्टका अन्य मुलुकहरुमा रोजगार प्रदान गर्दै आएको पनि उनले जानकारी दिए ।

 Image