कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।

हाल अमेरिकामा बसोबास गर्ने नव गायिका संगीता उप्रेतिले ‘आयो रे आयो रे’ बोलको नयाँ सांगीतिक भिडियो भर्खरै बजारमा ल्याएकी छिन् । गायिका संगीताले आफ्नो शब्द, संगीत र स्वरमा निमार्ण गरेको उक्त गीतको भिडियोलाई भने ओम कर्माचार्यले निर्देशन तथा छायांकन गरेका छन् । यो गीतमा रञ्जीता उप्रेतीले पनि स्वर भरेकी छिन् । न्युयोर्कमा छायांकन गरिएको म्युजिक भिडियोले पारिवारिक माया, ममतामा हुर्किएको बालापन परिपक्क भएपछि छुट्नु परेको गहिरो प्रेमलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा गायिका संगीता उप्रेती अभिमा उप्रेती ,सन्जिता उप्रेती ,विश्व थापा ,सीता ज्ञवाली ,देबी प्रसाद ज्ञवाली, बिराज रिजाल तथा बाल कलाकारमा श्रीनिति उप्रेती, ब्रिसा उप्रेती , सलज रिजाल , अस्टिन आचार्य ,निस्का उप्रेतीको आकर्षक अभिनय देख्न पाइन्छ । संगीतिक भिडियो मार्फत गायिका संगीताले पारिवारिक माया ममतालाई सरल ढंगले प्रस्तुत गर्ने प्रयास गरेकी छिन् । यो म्युजिक भिडियो संङ्गस नेपालमा गएर हेर्न सकिन्छ ।
म्युजिक भिडियो :