Successfully Copied

अन्तर्राष्ट्रिय मोडलिङमा अनिताको चर्चा

नेपाली मोडलहरुले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा विरलै मात्र सहभागिता जनाउँछन् । अनिता लिम्बु विदेशी मोडलहरुसाग ‘इन्टरनेशनल सो’हरुमा चर्चा कमाइरहेकी छिन् ।

नेपाली मोडलहरुले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा विरलै मात्र सहभागिता जनाउँछन् । अनिता लिम्बु विदेशी मोडलहरुसाग ‘इन्टरनेशनल सो’हरुमा चर्चा कमाइरहेकी छिन् । लन्डनमा आयोजना हुने अधिकांस र्‍याम्प सोहरुमा अनिता सहभागि भइहाल्छिन र अधिकांश फेसन सो, मिस च्यारिटीमा उनलाई अनिबार्य निम्ता आउाछ  । ५ फुट ७ इन्च उचाइ र ५४ किलो वजन भएकी उनले थुप्रै उपाधीहरु पनि जितिसकेकी छिन्।

ताप्लेजुंङ जन्मिएर इटहरी हुँदै हाल लन्डन पुगेकी उनले विदेशी मोडलहरुसँग प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै आइरहेकी छिन् । मिलनसार र हंसिलो स्वभावकी अनिता डान्समा पनि अब्बल छिन् । 

नेपाली मोडलहरुमा उचाइ कम हुने, आफ्नो प्रतिभा र क्षमता भन्दा पनि ‘छाडापन’लाई प्राथमिकता दिएर चााडो चर्चा कमाउने चलन चलेकाले नेपाली मोडलिङ क्षेत्रले धेरै प्रगती गर्न नसकेको उनको बुझाइ छ । 

एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी अनिताले ‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधी तथा ‘अक्सफोर्ड फेसन विक’को दशौं सिजनमा सहभागिता जनाइसकेकी छिन् ।

लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् । मिस च्यारिटीमा टपटेन, बर्मिङहममा फेसन मोडलिङ सो मार्फत पनि अनिता चर्चित छिन् । हालै नेपाल आएका बेला उनले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा सोलो डान्स प्रस्तुत गरिन् । 

 Image