Successfully Copied

झमककुमारी प्रतिभाशाली नेपाली महिला स्रष्टा

झमककुमारी घिमिरे प्रतिभाशाली नेपाली महिला स्रष्टा हुन् । मस्तिष्क रोगद्वारा पीडित झमक उक्त रोगले पीडित विश्वकै १० प्रतिभाशाली साहित्यकारमध्ये एक हुन् । जन्मदेखि नै हातखुट्टा नचल्ने झमक उभिन, हिँड्न तथा बोल्न नसके पनि सुन्न र बुझ्न सक्छिन् ।

झमककुमारी घिमिरे प्रतिभाशाली नेपाली महिला स्रष्टा हुन् । मस्तिष्क रोगद्वारा पीडित झमक उक्त रोगले पीडित विश्वकै १० प्रतिभाशाली साहित्यकारमध्ये एक हुन् । जन्मदेखि नै हातखुट्टा नचल्ने झमक उभिन, हिँड्न तथा बोल्न नसके पनि सुन्न र बुझ्न सक्छिन् । २ खुट्टाका ३ औंला मात्र चल्ने झमकले ३ औंलाको सहयोगले धेरै उत्कृष्ट कृति सिर्जना गरिसकेकी छिन् । औपचारिक शिक्षा प्राप्त गर्न असमर्थ घिमिरेले घरमा भाइ–बहिनीले पढेलेखेको देखेर तथा सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन् । २०५३ सालदेखि उनमा लेखनप्रति रुचि जागेको हो । कान्तिपुर तथा अन्य पत्रपत्रिकामा उनका नियमित स्तम्भ पनि प्रकाशित हुन्छन् । झमकले प्रबल गोरखा दक्षिण बाहु चौथोलगायत दर्जनांै पुरस्कार एवं सम्मान प्राप्त गरेकी छिन् । २०३७ सालमा धनकुटाको कचिडेमा जन्मिएकी झमकको बाल्यकाल अत्यन्तै कष्टकर रुपमा वितेको थियो । कतिपय छाक भोकभोकै बस्ने परिवारमा लुला हातखुट्टा र विकलाङ्ग शरीर लिएर जन्मिएकी झमकलाई जन्मनेबित्तिकै आफन्त तथा छिमेकीले ‘मुर्कुट्टा’ भने जसका कारण उनी परिवार तथा समाजबाटै तिरस्कृत जीवन बाँच्न बाध्य भइन् । 

खुट्टाको बूढीऔंलाले छर्छरी रगत निकाल्दै भुइँमा क लेख्दा गाली खाएर कतिपय रात रुँदै बिताउनुपथ्र्याे । गोलले लेख्दा ‘ऋण लाग्छ’ भनेर गाली खान्थिन् तर उनमा सिर्जनात्मक क्षमता थियो, मनभरि धेरै किसिमका साहित्यिक भावना छरपस्ट थिए । त्यसैले उनले मुखले व्यक्त गर्न नसकेका भावनाहरू खुट्टाको सहाराले कागज हुँदै कम्प्युटरको किबोर्ड र माउसको सहाराले व्यक्त गर्न थालिन् । झमकले लेखेको जीवन काँडा कि फूलले नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गर्‍यो । उक्त पुस्तक विभिन्न भाषामा अनुवाद भैसकेको छ । अहिले झमकसम्बन्धी चलचित्र पनि निर्माण भैरहेको छ । पहिले उनलाई हेप्ने समाज–परिवार अहिले झमकलाई लिएर गौरव महसुस गर्छ । उनकै उदाहरण हेरेर पनि धेरै आमाबुवाले आफ्ना शारीरिक तथा बौद्धिक रूपमा अशक्त छोराछोरीप्रति सकरात्मक व्यवहार गर्न थालेका छन् । 

 Image