Successfully Copied

मोबाइलबाट एग्रोनोमिक इफेक्ट हुनसक्छ

कुनै पनि इलेक्ट्रोनिक्स उपकरणबाट निस्कने विद्युत्–चुम्बकीय–तरंगबाट शरीरमा पर्ने असरलाई एग्रोनोमिक इफेक्ट भनिन्छ ।

सुनी जोशी, आइटी विशेषज्ञ

मोबाइलबाट एग्रोनोमिक इफेक्ट हुनसक्छ भनेको के हो ?

कुनै पनि इलेक्ट्रोनिक्स उपकरणबाट निस्कने विद्युत्–चुम्बकीय–तरंगबाट शरीरमा पर्ने असरलाई एग्रोनोमिक इफेक्ट भनिन्छ ।

यसका नकारात्मक पक्ष के–के छन् ?

मोबाइलबाट निस्कने फ्रिक्वेन्सी तरंगले हाम्रो मस्तिष्कका रसायनिक तन्तुहरू (न्यूरो केमिकल) को सन्तुलनमा र्‍हास ल्याई गहिरो मानसिक असर पार्नसक्छ । यसले स्मरण शक्तिमा ह्रास आउने, अनिद्रा, चिडचिडेपनका साथै लामो समयसम्म मोबाइल प्रयोग गर्नेहरूमा ब्रेन ट्युमर हुने सम्भावना हुन्छ ।

यो असर कस्ता मोबाइल प्रयोगकर्तामा देखापर्ने सम्भावना बढी हुन्छ ?

अहिले मानिसहरू चौबिसै घन्टा मोबाइलमा झुन्डिरहेका हुन्छन् । सुत्दा पनि मोबाइल चलाउने, उठ्दा पनि चलाउने, मोबाइल सिरानीमुनि हालेर सुत्ने, चार्ज गरिरहेकै समयमा कुरा गर्ने आदि क्रियाकलापले यसको सम्भावना वृद्धि हुन्छ ।

के लामो समय मोबाइल चलाउनेहरूमा आँखासम्बन्धी समस्या उत्पन्न हुन्छ ?

सामाजिक सञ्जाल प्रयोग गर्नेहरूमा सुत्दा पनि मोबाइल प्रयोग गर्दागर्दै निदाउने र उठ्नासाथ फेसबुकमा चेक गर्ने बानी हुन्छ । यसले आँखामा कलर ब्ल्यान्डेड (रंग छुट्याउन नसक्ने) रोग लाग्न सक्छ । यस्ता व्यक्तिमा मानसिक कमजोरी पनि देखापर्छ ।

मोबाइल चार्जसम्बन्धी केही सुझाव दिनुहुन्छ कि ?

मोबाइल चार्ज गरेर सुत्दा त्यो आफूभन्दा १ मिटर टाढा हुनुपर्छ । कहिल्यै टाउको नजिक राखेर मोबाइल चार्ज गर्नुहुँदैन चार्ज गरिरहेको अवस्थामा पनि मोबाइल प्रयोग नगर्ने । ब्याट्रीलाई १० प्रतिशत भन्दामुनिको अवस्थामा पनि प्रयोग नगर्ने । त्यतिबेला उच्च विद्युत् चुम्बकीय तरंग उत्पादन हुन्छ जसले हाम्रो शरीरमा नकारात्मक असर गर्छ ।

 Image