Successfully Copied

पिंकाथन दौडमा भाग लिन २ हजार महिला रंगशालामा उत्रिए

लिजरपोर्टको आयोजना र नेपाल एथलेटिक्स संघको सहयोगमा दशरथ रंगशालामा सुक्रबार पिंकाथन सम्पन्न भएको छ ।

लिजरपोर्टको आयोजना र नेपाल एथलेटिक्स संघको सहयोगमा दशरथ रंगशालामा सुक्रबार पिंकाथन सम्पन्न भएको छ । २ हजार भन्दा बढी महिलाको सहभागितामा आयोजित पिंकाथन दौडका कारण रंगशाला पूरै ढाकिएको थियो । महिलाहरूको मात्र सहभागिता रहको पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा गर्न काठमाडौंका विवाहित, अविवाहित सबै उमेर समुहका महिलाहरु सबेरै रंगशालामा उपस्थित भएका थिए । २१ किलोमिटरको दौड कान्छिमाया कोजुले जितेकी छिन् । अझ उत्साहको कुरा गर्ने हो भने पिंकाथनका दौडमा सहभागि हुन दशरथ रंगशालामा १ वर्षको बच्चालाई बोकेर एक आमाले ५ किलोमिटरको दौड पार गरिन् । 

रंगशालामा उपस्थित महिलाहरुलाई हौसला दिनका लागि जुम्बा डान्स लगायत सांगीतिक प्रस्तुत पनि आयोजना गरिएको थियो । उक्त जुम्बा डान्समा दौड भन्दा अगाडि र दौड पछाडि भर्खरका युवतीदेखि लिएर सहभागि ५० वर्ष भन्दा माथिका महिलाहरु  नतमस्तक भएर डान्समा झुमेका थिए । छातिको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले योजना गरिएको पिंकाथन सोचे  भन्दा उत्कृष्ट ढंगले सम्पन्न भएकोमा आयोजकका तर्फबाट नमराज जोशीले खुशी व्यक्त गरे । पिंकाथन काठमाडौंमा मात्र नभई आउदो दिनमा नेपालका मुख्य सहरहरुमा आयोजन गर्ने जोशीले बताए ।

आज आयोजित पिंकाथनमा विजयी हाफ म्याराथनका शीर्ष २ जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउनेछन् ।

तस्विहरू: महेश प्रधान 

 Image