Successfully Copied

सदबहार रूपकी धनी मिस नेपाल रुबी राणा

सन् १९९४ ताकाकी मिस नेपाल रुबी राणाको सुन्दरतामा कुनै कमी आएको छैन । राणा सदबहार रूपकी धनी मानिन्छिन् ।

रुबी राणा, पूर्व मिस नेपाल

सन् १९९४ ताकाकी मिस नेपाल रुबी राणाको सुन्दरतामा कुनै कमी आएको छैन । राणा सदबहार रूपकी धनी मानिन्छिन् । नेपालका सुन्दर सेलिब्रेटीको सूचीमा पर्ने राणा पूर्ण व्यक्तित्व हुन् जो बाहिरी सुन्दरतासँगै भित्री सुन्दरता पनि आवश्यक हुने धारणा व्यक्त गर्छिन् । ग्ल्यामर फिल्डमा लागेपछि आफ्नो लवाइ–खुवाइमा निकै ध्यान पुर्‍याउनुपर्ने कुरा बताउने राणा पहिरन तथा खानपानमा निकै सचेत छिन् । उनी ब्यालेन्स डाइटमा पनि उत्तिकै सचेत रहन्छिन् ।

पहिरन : पूर्वमिस नेपाल रुबी राणा आफै पनि डिजाइनर हुन् । अहिले नेपालमा चलेका पहिरन देखेर उनी निकै रमाउँछिन् । साडीप्रति सधैं उनको आकर्षण छ । उनलाई साडी निकै सुहाउँछ भन्नेहरूको संख्या पनि ठूलै छ । पहिरनका बारेमा राणा भन्छिन्, ‘समयअनुसार पहिरनमा परिवर्तन ल्याउनुपर्छ अन्यथा लगाएको पहिरनले खासै आकर्षक झल्काउँदैन ।’ रुवी मिस नेपालको फाइनल राउन्डमा आफूले लगाएको पहिरन कहिल्यै बिर्सन सक्दिनन् । मौसमी पहिरनमा उनी क्याजुअल नै लगाउँछिन्।

मेकअप : मस्कारा र गाजल रुबीलाई निकै मन पर्ने मेकअप सामग्री हुन् । मेकअपलाई नारीको गहना मान्ने राणा नियमित रूपमा मेकअप गर्छिन् । लिपिस्टिक कहिलेकाहीँ छुटाए पनि गाजल त उनी घर बस्दा पनि नबिराई लगाउँछिन् । उनलाई कहिलेकाहीँ त मेकअप गर्नु नपरे हुन्थ्यो जस्तो पनि लाग्छ तर बिनामेकअप सहज महसुस नहुने हुँदा राणा त्यसलाई नियमितता दिन्छिन् । उनी डे र नाइट क्रिम दुवै लगाउँछिन् । राणाले प्रयोग गर्ने मस्कारा र फाउन्डेसन सिल्क ब्रान्डका हुन् । अन्य प्रसाधन आफ्नो छालाको प्रकृतिअनुसार नै प्रयोग गर्छिन् । राणा ट्ेरन्ड र आफूलाई कुल महसुस हुने हेयर स्टाइलमा सजिन्छिन् ।

गहना : रुबी राणा आंैठीप्रेमी छिन् । यसकारण पनि उनको हातमा औंठी कहिल्यै छुट्दैन । रुवीसँग गहनाको राम्रो कलेक्सन भए पनि विशेष समारोह तथा पारिवारिक भेटघाटका कार्यक्रममा बाहेक हेभी गहना खासै लगाउँदिनन् । सानैदेखि गहनाप्रेमी राणासँग विभिन्न प्रकारका नेकपिसको कलेक्सन छ । यद्यपि अहिले भने उनी गहना लगाउन खासै रुचाउँदिनन् । आफूले जोडेका गहना छोरीले लगाउने गरेको राणा बताउँछिन् । कलेक्सनकै कुरा गर्ने हो भने अहिले उनीसँग २० वर्ष पुराना गहनासम्म छन् ।

एसेसरिज : रुबी राणा हाइहिलमै सहज महसुस गर्छिन् । यद्यपि उनीसँग अहिले पार्टी वेयर नै बढी छन् । जाडो मौसममा उनी बुट लगाउँछिन् । रुवीसँग क्याल्भिन क्लेन तथा एनभी ब्रान्डका जुत्ता छन् । राणा ब्याग भने ब्रान्डेड नै बोक्न रुचाउँछिन् । कोच ब्रान्डको ब्याग र एमके ब्रान्डको पर्स उनको रोजाइमा पर्छन् । रुवी एमकेकै घडी तथा पोलिसका सनग्लास लगाउँछिन् । आँखाजस्तो कुरामा लापरबाही गर्नुहुँदैन भन्ने धारणा राख्ने रुवी सबैलाई ब्रान्डेड ग्लास लगाउन मात्र सल्लाहसमेत दिन्छिन् ।

 Image