Successfully Copied

कालीप्रसाद बाँस्कोटा, गायक

पारि त्यो डाँडामा, नीर जहिले रिसाउने, ठमेल बजारजस्ता गीतका गायक एवं संगीतकार हुन् कालीप्रसाद बाँस्कोटा ।

तपाईंले गाएका प्राय: गीत चल्नुको कारण के होला ?

अहिलेको ट्रेन्डमा एडजस्ट हुन जानेको भन्दा हुन्छ । म मानवीय चाहनालाई मध्यनजर गरी गीत बनाउँछु, त्यही भएर सबैले रुचाउनुभयो ।

 

तपाईंका प्रशंसक कस्ता छन् ?

बालबालिकाहरू नै बढी छन् । उनीहरू यी गीतमा मज्जाले नाच्छन्, गाउँछन् । यद्यपि युवादेखि वृद्धवृद्धासम्मले मन पराएका छन् मेरा गीत ।

 

तपाईं पहिले कम्पोजर हुनुहुन्थ्यो होइन ? 

हो, विगत १० वर्षदेखि अहिलेसम्म पनि म्युजिक कम्पोज गर्दैछु । मैले मञ्जरी, भिसा गर्ल, मालतीको भट्टी, रेशम फिलिलीजस्ता धेरै गीत कम्पोज गरेको छु ।

 

क्रेजकै  कारण संगीतमा लाग्नुभएको हो ?

गायकको तुलनामा कम्पोजर, वाद्यवादकहरू सधै पछाडि नै हुन्छन् । थोरै क्रेजमा आउने लोभ पनि हो तर मैले पारि त्यो डाँडामा गीतका लागि अरू गायक नजुरेकाले आफै गाएको हुँ । त्यो गीत भाइरल भएपछि ममा गाउने चाहना पनि बढ्यो । 

 

गायनमा लागेको दुई वर्षमै यत्तिको चर्चा कमाउँदा कस्तो लागिरहेको छ ?

अचम्म मानिरहेको छु । छोटो समयमै ३ वटा गीत भाइरल भए । यद्यपि मैले यत्तिकैमा चित्त बुझाएको छैन । 

 

कुन–कुन गायिकासँग युगल गीत गाउनुभयो ?

सोमिया बराइली, माण्डवी त्रिपाठी र मीना निरौलासँग ।

 

अब कोसँग गाउने रहर छ ?

नेपालका सबैजसो गायिकासँग युगल गीत गाउने रहर छ । 

 Image