होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
खतराको घन्टी हो । तौल सामान्य तर कम्मर मोटो तथा उमेर कम छ भने त्यसलाई जोखिमपूर्ण मानिन्छ जसलाई हल्का रूपमा लिनु हुँदैन । यस्तो अवस्थामा आफू ओभर वेट नभएकाले कुनै प्रकारको शारीरिक श्रम वा व्यायामको आवश्यकता छैन भनेर सोच्नु गलत हुनसक्छ । एउटा अध्ययनअनुसार महिलाहरूमा तौलको तुलनामा कम्मर ठूलो हुनु खतरनाक साबित हुनसक्छ । एउटी मोटी महिलाको तुलनामा मोटो कम्मर भएकी महिलामा ह्दय रोग, क्यान्सर आदिको सिकार हुने सम्भावना सामान्य र पातलो कम्मर भएकी महिलाको तुलनामा बढी हुन्छ ।
केही समय पहिले अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनका लागि ४४ हजार ६ सय महिला नर्सलाई छनोट गरिएको थियो, जसको उमेर ४० देखि ६० वर्षबीच थियो । उनीहरूको कम्मर र नितम्ब नापिएको थियो । हरेक दुई वर्षपछि यो नाप लिने कामलाई जारी राखियो । जुन समयमा ती नर्सको छनोट गरिएको थियो त्यतिबेला उनीहरूलाई कुनै प्रकारको गम्भीर रोग थिएन । साधारणतया स्वस्थ महिलाको कम्मर ३४ दशमलव ६ इन्चभन्दा कम हुनुपर्छ । कम्मर र नितम्बको अनुपात एक प्रतिशतभन्दा पनि कम हुनुपर्छ । यो अनुपात निकाल्न कम्मरको नापलाई नितम्बको नापबाट विभाजित गरिन्छ ।
अध्ययनका क्रममा हरेक दुई वर्षपछि यो नाप लिनुका साथै उनीहरूको जीवनशैली, धूम्रपान, मद्यपान एवं मासिक धर्मसम्बन्धी जानकारी पनि समावेश गरियो । यो अध्ययन १६ वर्षसम्म जारी रह्यो । यसबीच ३ हजार ५ सय ७ जना नर्सको मृत्यु भयो । तीमध्ये ७ सय ५१ जनाको मृत्यु ह्दय रोग तथा १ हजार ७ सय ४८ जनाको क्यान्सरका कारण भएको थियो । अध्ययनबाट जुन महिलाको कम्मर ३४ दशमलव ६ इन्च वा त्यसभन्दा बढी थियो र जसको कम्मर तथा नितम्बको अनुपात बढी थियो, ती महिलामा ह्दय रोगको सम्भावना तीन गुणा बढी पाइयो ।
विशेष कुरा के देख्न पाइयो भने कम्मर सामँन्य तर नितम्ब ठूलो भए कुनै प्रकारको खतरा हुँदैन तर कम्मर पातलो र नितम्ब ठूलो छ भने ह्दय रोगबाट ग्रस्त हुने सम्भावना वृद्धि हुन्छ । अमेरिकामा मोटो कम्मर भएका महिलाहरू बढी गम्भीर रोगको सिकार भएको पाइन्छ । मोटो कम्मर उनीहरूका लागि जीवन जोखिमको विषय बन्न पुग्छ । यहाँ बडी मास इन्डेक्स (बीएमआई) वा लम्बाइ तथा तौलको तुलनामा कम्मर तथा नितम्बको अनुपातले बढी महत्त्व राख्छ । त्यसैले कम्मरलाई कोठा बन्न नदिऔं ।