Successfully Copied

परम्परागत गहना

उपत्यकामा चहलपहलको केन्द्र मानिने न्यूरोड ज्वेलरी हबका रूपमा समेत सुपरिचित छ । जसमध्ये बराह ज्वेलरी सुनको गुणस्तर एवं आकर्षक सेवाका लागि लोकप्रिय छ ।

आउटलेट : बराह ज्वेलरी, न्यूरोड 

विशेषता : आधुनिक तथा

उपत्यकामा चहलपहलको केन्द्र मानिने न्यूरोड ज्वेलरी हबका रूपमा समेत सुपरिचित छ । जसमध्ये बराह ज्वेलरी सुनको गुणस्तर एवं आकर्षक सेवाका लागि लोकप्रिय छ । बराह ज्वेलरी वि.सं. २०५२ सालमा धरानमा स्थापना भै शाखा बिस्तार हुँदै पोखरा–चितवनमा समेत संचालित हुँदै आएको छ । बराह ज्वेलरीले देशबाहिर हङकङ तथा यूकेमा समेत आफ्नो शाखा खोलेको छ । बराहका मुख्य आकर्षण नेपालीपन झल्किने गहना हुन् ।

यहाँ अर्डरबमोजिम भनेजस्तै सुनका गहना तयार गरिन्छ । खरिद गरिएका गहना बिक्री गर्नुपर्दा पनि मूल्यमा धेरै अन्तर नपर्ने र टिकाउ हुने बराह ज्वेलरीका संचालक विकास विश्वकर्मा दाबी गर्छन् । बराहमा होम डेलिभरी सेवासमेत उपलब्ध छ । यहाँ अहिलेको ट्ेरन्डका गहना पनि आकर्षक ढंगले तयार गरिन्छ भने पुराना गहनालाई नयाँ शैलीमा ढालेर तयार गर्नु बराहको अर्को विशेषता हो । 

 Image