Successfully Copied

खुसीको पासवर्ड

खुसीको पासवर्डको कुनै परिभाषा वा फर्मुला हुँदैन । हरेक व्यक्तिका लागि खुसी हुने कारण फरक–फरक हुन्छन् तर खुसी रहनु सबैका लागि जरुरी छ ।

खुसीको पासवर्डको कुनै परिभाषा वा फर्मुला हुँदैन । हरेक व्यक्तिका लागि खुसी हुने कारण फरक–फरक हुन्छन् तर खुसी रहनु सबैका लागि जरुरी छ ।

मुस्कान 

जीवनको भागदौड एवं प्रतिस्पर्धामा हामी यसरी अल्झिरहेका हुन्छौं कि हामी आफ्ना स–साना खुसीको परवाह गर्दैनौं । हामी कुन कुरामा खुसी हुन्छौं भन्ने कुराको समेत हेक्का हुँदैन । तसर्थ आफूले जानेर वा नजानेर रोगलाई निम्तो दिइरहेका हुन्छौं । यस्तो अवस्था आउनुअघि हामीले आफूलाई सम्हाल्नुपर्छ । हावा, पानी, खानपानजस्तै खुसी पनि जीवनको खुराक हो जसको अभावमा हामी आनन्दको जीवन बिताउन असमर्थ हुन्छौं । जीवनको लामो लिस्टमा खुसीका लागि पनि थोरै ठाउँ दिनु आवश्यक छ भने त्यसका लागि अनुहारबाट मुस्कान हट्न दिनुहुँदैन ।

यसरी बनाऔं खुसीको पासवर्ड 

घुम्ने रुचि छ अथवा कुनै विशेष ठाउँको भ्रमणमा जाने इच्छा छ भने त्यसका लागि आजैदेखि थोरै भए पनि सेभिङ गर्न थाल्नुपर्छ । जब पैसा बचत गर्न थालिन्छ तब आफ्नो सपनाको गन्तव्यका बारेमा कल्पना गरेर हामी पुलकित हुन थालौं । आवश्यक रकम जम्मा गरिसकेपछि टिकट बुक गर्नुपर्छ । बुकिङको तिथि र गन्तव्य स्थानलाई मोबाइल वा ल्यापटपको पासवर्ड बनाऔं । जब–जब पासवर्ड टाइप गरिन्छ तब– आफ्नो मुहारमा खुसी झल्कन्छ । कामको बोझिलो परिस्थितिमा पनि आफ्नो खुसीको पासवर्डले रिफ्रेस गराउँछ ।

स्मार्ट टिप्स

  • वजन घटाउन स्लिम तथा सेक्सी पासवर्ड राखौं ।
  • घर खरिदका लागि ड्रिम होम पासवर्ड राखौं ।
  • अभिभावक बन्ने चाहना छ भने माइ बेबी शब्द चयन गर्न सकिन्छ ।
  • गाडी किन्ने चाहना छ भने लङ ड्राइभ शब्दलाई ल्यापटप वा मोबाइलको पासवर्ड बनाऔं ।

स–साना खुसीको ख्याल 

  • खुसी हुन स्टार होटलमा खानैपर्छ वा अन्तर्राष्ट्रिय घुमघाममै जानुपर्छ भन्ने छैन । स–साना कुरा र क्रियाकलापले पनि खुसी प्रदान गर्छन् ।
  • साथीभाइ भेट्न विशेष पर्व नै कुर्नुपर्छ भन्ने छैन । हप्ता वा महिना दिनमा साथीभाइसँगको भेटघाटमा रमाउन सकिन्छ । यस्ता क्रियाकलाप गर्नुपर्छ जसले आफूलाई खुसी तुल्याउँछ ।
  • लामो छुट्टीको पर्खाइमा मात्र अल्मलिनु हुँदैन । सप्ताहान्तमा छोटो दूरीको यात्राले पनि छुट्टै प्रकारको खुसी ल्याउँछ ।
  • उमेर जतिसुकै होस् खुसीको मामिलामा आफूभित्रको बालापनलाई सक्रिय बनाऔं । कहिलेकाहीँ सानातिना बदमासी पनि गरौं तब मात्र जीवनको असली खुसी प्राप्त गर्न सकिन्छ ।
  • आफ्ना रुचि एवं रहरहरूलाई दबाएर नराखौं । डान्स, स्पोर्ट्स, पेन्टिङ, गायन आदिमध्ये जे कुरामा रुचि छ थोरै भए पनि समय निकालेर आफ्नो इच्छा पूरा गरौं । यसले जीवनलाई अझ प्रिय बनाउन सहयोग गर्छ ।
  • अरूलाई खुसी दिँदा बढी सन्तुष्टि प्राप्त हुन्छ । यस्तो काम गरौं जसबाट अरुको मुहारमा खुसी ल्याउन सकियोस् । उसको खुसीले आफ्नो अनुहारमा पनि चमक थपिन्छ ।

 Image