Successfully Copied

विवाहमा विश्वास तथा सम्मान आवश्यक

विवाह दुई मानिसबीचको समझदारी तथा सौहार्दपूर्ण तरिकाले जीवन बिताउन प्रण गर्ने संस्था हो ।

विवाह के हो ?

विवाह दुई मानिसबीचको समझदारी तथा सौहार्दपूर्ण तरिकाले जीवन बिताउन प्रण गर्ने संस्था हो । 

अविवाहित हुनुहुन्छ, विवाहपछि जीवन कस्तो होला ?

राम्रो जीवनसाथी र राम्रो परिवार छनोट गर्न सके उत्तम होला तर हडबडमा कुरा नबुझी आफूसँग मेल नखाने जीवनसाथी रोज्दा जीवन नर्क बन्नसक्छ । अहिले म आफ्नो विषयमा मात्र चिन्तन गर्छु भने विवाहपछि हाम्रो भनी चिन्तन गर्नुपर्छ । सन्तान भएपछि त अझ पाइला–पाइलामा सम्झौता गर्ने स्थिति आउला । 

विवाहित महिलाप्रति तपाईंको धारणा कस्तो छ ?

म विवाहित महिलाहरूलाई स्याल्युट गर्छु । अहिलेका महिलाहरू घरको चौघेरामा मात्र सीमित छैनन् । आफ्नो व्यक्तिगत जीवन, कर्मथलो, सामाजिक जीवन एवं परिवारमा भूमिका निर्वाह गरिरहेका महिलाहरू प्रशंसनीय छन् । कतिपय ठाउँमा त्यसको कदर नभएको देख्दा भने दु:ख लाग्छ । 

विदेशमा जस्तो नेपालमा पनि डिभोर्स गर्ने परिपाटी बढेको छ, किन होला ?

यसका विविध कारण छन् । महिलाहरू बिस्तारै सचेत अनि सशक्त हुँदैछन् जसले गर्दा उनीहरू आत्मसम्मानको रक्षा गर्न चाहन्छन् । उनीहरू सकेसम्म डग्न चाहँदैनन् । मन नमिलेर सदैव निराशामा बाँच्नुभन्दा अलग रहेर खुसी भइन्छ भन्ने सोचले डिभोर्स बढिरहेको छ । 

डिभोर्सको दर कम गर्न के गर्नुपर्ला ?

यो कुरा सचेतनामा भर पर्छ । जबसम्म नेपालको पारिवारिक संचरना तथा पुरातन सोचमा परिवर्तन आउँदैन तबसम्म यो कम हुन सक्दैन । पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो ढर्रा तथा शैलीमा ढाल्न खोज्नु हुँदैन । 

जीवनसाथी कस्तो छनोट गर्ने योजना छ ?

म आफू जस्ती छु त्यही स्तरको जीवनसाथी छनोट गर्छु, जसले मेरो चाहना तथा भावना बुझोस् । म उसको परिवार पनि विचार गर्छु । विवाह जीवनको महत्वपूर्ण निर्णय भएकाले आफू पूर्णरूपमा तयार भएपछि मात्र विवाह गर्छु ।

(अविवाहित)

रेलिजा श्रेष्ठ, अभिनेतृ, 

बिजुली मेसिन, अविवाहित

 Image