Successfully Copied

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्छ र रगतमा प्रसार हुन्छ ।

सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्छ र रगतमा प्रसार हुन्छ । मासुजन्य खाद्यपदार्थमा प्युरिन हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्छ । मासुको सुप, बियरजस्ता प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी एवं हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छ ।

मिर्गाैलाको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्छ । क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि नियमित रूपमा सेवन गर्नुपर्छ ।अल्कोहल, कोक, फेन्टा, स्प्राइट, पेप्सी, मिरिन्डाजस्ता सफ्ट ड्रिंकको सेवन घटाउनुपर्छ । तारेको खानेकुरा कम खानुपर्छ । शारीरिक व्यायाम नियमित रुपमा गर्नुपर्छ ।

 Image