Successfully Copied

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव सम्पन्न

सेन्टरले हाल काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर र चितवनको भरतपुरमा सेवा प्रदान गरिरहेको छ। यही वर्षभित्र धनगढी र सुर्खेतमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।


काठमाडौंको रातोपुलमा अवस्थित नेशनल बाथरोग सेन्टरले बिहीबार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।
धुम्बाराहीस्थित होटल रामदामा आयोजित समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । कार्यक्रममा सेन्टरका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति थियो ।


समारोहमा महानिर्देशक ढकालले सेन्टरले बाथरोगी बिरामीहरूलाई दिएको सेवा सराहनीय रहेको बताउादै भिटामिन डिको अभावसम्बन्धी टिका–टिप्पणीको सन्दर्भमा विशेषज्ञहरूले गहन अनुसन्धान गर्नु पर्ने आवश्यकता औंल्याए । साथै उनले सेन्टरले विकास गरेको मोबाइल एप नेपाली भाषामा समेत उपलब्ध गराउन सुझाव दिए ।
कार्यक्रममा सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित वैद्यले सेवा विस्तारबारे जानकारी दिादै मोबाइल एपमार्फत सेवा प्रवाह देशका पूर्वदेखि पश्चिमसम्म फैलिएको उल्लेख गरे । प्रवन्ध निर्देशक रोशन कक्षपतिले संस्थालाई अझ सुलभ, गुणस्तरीय र देशव्यापी सेवा केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार सेन्टरले हाल काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर र चितवनको भरतपुरमा सेवा प्रदान गरिरहेको छ। यही वर्षभित्र धनगढी र सुर्खेतमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।
समारोहमा सेन्टरको १२ वर्षे यात्राको समिक्षा गर्दै सेवा विस्तार, प्रविधि प्रयोग, दक्ष जनशक्ति उत्पादन र जनचेतना अभिवृद्धिमा भएको योगदानमाथि विशेष छलफल गरिएको थियो। साथै, उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरियो।


५ लाखभन्दा बढीलाई सेवा
सेन्टरले स्थापना कालदेखि हालसम्म करिब पाँच लाख बाथरोगी बिरामीलाई सेवा प्रदान गरिसकेको छ । बाथरोगको प्रभावकारी परामर्श, उपचार, जोर्नी संरक्षण र जीवनशैली परिमार्जनमा संस्था क्रियाशील रहेको अध्यक्ष डा. वैद्यले जानकारी दिए ।

 Image