रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
पुष्पाञ्जली फेसन एण्ड इभेन्टको आयोजना र नेपाल आइस वियरको संयोजनमा प्रथम मिसेस कल्चर नेपाल–२०१६ को ट्यालेन्ट–सो मंगलबार सम्पन्न भएको छ । मिसेस कल्चर नेपालको ट्यालेन्ट सोमा उपस्थित सभासद् सारदा पौडेलले व्यक्तित्व विकासका लागि मिसेस कल्चर जस्ता कार्यक्रमले महिलाहरुलाई प्रेरण दिने र नेपालको सांस्कृतीक संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुर्याउने धारणा व्यक्त गरिन ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दूकुमार थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, हेप्पी बोर्डिङ स्कूलका प्राचार्य कविराज बराल, मुख्य प्रायोजक नेपाल आइसका सेल्स म्यानेजर मनोज घिमिरे, सह–प्रायोजक डिभाईन वाइनका ब्राण्ड म्यानेजर सन्जु शाक्य, मंगलदीप अगर वत्तिका म्यानेजर विष्णु सापकोटा, सिजि फुड्सका प्रतिनिधि घनलाल न्यौपाने, गोर्खा एण्ड बराह ज्वोलर्सका प्रमुख हरि धमाला लगायतको उपस्थिति रहेको थियो ।
मिसेस कल्चर नेपालको फाइनलमा १२ जना भिड्दैछन् । फाइनल स्पर्धा पुष १५ गते सभागृह हलमा हुने कार्यक्रम संयोजक दिनेश शर्माले बताए ।