Successfully Copied

घरमै मीठो केक

सामग्री : बटर १ सय ग्राम, आइसिङ सुगर १ सय ग्राम, अण्डा २ वटा, मैदा : १ सय ग्राम, वेकिङ पाउडर आधा चम्चा, टुटीफ्रुटी १० ग्राम, नुन एक चिम्टी, भेनिला एसेन्स ५ मिलिलिटर ।

मफिन कप केक

सामग्री : बटर १ सय ग्राम, आइसिङ सुगर १ सय ग्राम, अण्डा २ वटा, मैदा : १ सय ग्राम, वेकिङ पाउडर आधा चम्चा, टुटीफ्रुटी १० ग्राम, नुन एक चिम्टी, भेनिला एसेन्स ५ मिलिलिटर ।

विधि : बटर र आइसिङ सुगर मिसाएर घोल्ने वा मिक्स्चरमा चलाएर क्रिमी बनाउने । अण्डालाई एकपछि अर्काे हाल्दै चलाउने र बाँकी सबै सामग्री राख्ने । मफिन भोल्डमा खन्याउने त्यसपछि २ सय डिग्रीको तापक्रममा १५ मिनेटसम्म बेक गर्ने । 

पफ पेस्ट्री

सामग्री : मैदा १ केजी, नुन २० ग्राम, आइसबटर ५ सय ग्राम, पफ भर्जिरिन (बटर) १ किलो ।

विधि : मैदा, नुन र आइस बटर हालेर पफ डो बनाउने । डोलाई ताराको आकार दिई चारतिर फैलाई बीचमा पफ भर्जिरिन बटर राखी फोल्ड गर्ने । यही प्रक्रिया दुई पटकसम्म गरी बेल्ने र डोलाई ३० मिनेटसम्म त्यत्तिकै राख्ने । त्यसपछि आफूलाई मनपर्ने आकारमा काटेर २ सय डिग्री ताप भएको ओभनमा बेक गर्ने ।

क्यारेट केक

सामग्री :गाजर ३ सय ग्राम, बटर २ सय ५० ग्राम, आइसिङ सुगर २ सय ५० ग्राम, मैदा २ सय ५० ग्राम, अण्डा ५ वटा, भेनिला एसेन्स ५ मिलिलिटर, वेकिङ पाउडर आधा चम्चा, टपिङका लागि क्रिम ५० मिलिलिटर ।

 

विधि :बटर र आइसिङ सुगरलाई १५ मिनेटसम्म फिटेर क्रिमी बनाउने । त्यसपछि अण्डा एक–एक गरी हालेर ५ मिनेट फिट्ने अनि त्यसमा कोरिएको गाजरसँगै सबै सामग्री हाली राम्रोसँग चलाउने । केक फोल्डमा खन्याई १ सय ८० देखि २ सय डिग्रीसम्मको तापक्रमको ओभनमा २५ मिनेटसम्म बेक गर्ने । तयार क्यारोट केकमा क्रिम र गाजरले टपिङ गर्ने ।

डोनट

सामग्री : मैदा १ केजी, चिनी ५० ग्राम, बटर १ सय ग्राम, इस्ट १० ग्राम, पानी र दूध ४० मिलिलिटर, नुन एक चिम्टी, अण्डा एउटा ।

विधि : सबै सामग्रीलाई मिलाएर मुछ्ने र नरम डो बनाउने । त्यसपछि आधा घन्टा फुल्न दिने । डोनट कटरको सहायताले डोनटको आकार दिएर फेरि आधा घन्टा छोड्ने । तेल १ सय ७० डिग्रीको तापमा तताउने । तेल तातेपछि एक–एक गरी डोनट पकाउने । यसलाई दुवै साइड खैरो हुने गरी पकाउनुपर्छ ।

राधा महर्जन, बेकरी सेफ

 Image