Successfully Copied

दुलहीका लागि स्टाइलिस्ट पहिरन

केटा र केटी हेर्ने दिन दुलहीले लगाउने पहिरनको विशेष ख्याल गरिन्छ । कस्तो आचरण तथा स्वभावकी केटी हो भन्ने कुरा त्यही पहिरनबाट थाहा पाइन्छ ।

केटा र केटी हेर्ने दिन दुलहीले लगाउने पहिरनको विशेष ख्याल गरिन्छ । कस्तो आचरण तथा स्वभावकी केटी हो भन्ने कुरा त्यही पहिरनबाट थाहा पाइन्छ । यो दिन केटीले कुर्ता–सुरुवाल लगाउँदा सोभर लुक आउँछ । कुर्ता–सुरुवाल आफ्नो शरीरको बनावट, कम्प्लेक्स र अहिले चलिरहेको फेसनअनुकूल हुनुपर्छ । त्यसमा अनारकली त केही वर्षदेखि चलिआएको छ । सदाबहार पञ्जावी कुर्ता–सुरुवाल पनि यस दिनका लागि उपयुक्त पहिरन हो ।

दुलहीको पहिरनले विवाहमा विशेष भूमिका खेल्छ । पहिरनले आचरण पनि निर्धारण गर्ने हुनाले यसलाई महत्वपूर्ण मानिन्छ । विवाहका लागि सबैभन्दा पहिले केटा र केटी हेर्ने दिन महत्वपूर्ण हुन्छ । त्यही भेटपछि नै विवाह गर्ने कि नगर्ने निर्णय हुन्छ । केटा र केटी हेर्ने दिन दुलहीले लगाउने पहिरनको विशेष ख्याल गरिन्छ । कस्तो आचरण तथा स्वभावकी केटी हो भन्ने कुरा त्यही पहिरनबाट थाहा पाइन्छ । यो दिन केटीले कुर्ता–सुरुवाल लगाउँदा सोभर लुक आउँछ ।

कुर्ता–सुरुवाल आफ्नो शरीरको बनावट, कम्प्लेक्स र अहिले चलिरहेको फेसनअनुकूल हुनुपर्छ । त्यसमा अनारकली त केही वर्षदेखि चलिआएको छ । सदाबहार पञ्जावी कुर्ता–सुरुवाल पनि यस दिनका लागि उपयुक्त पहिरन हो ।

कुर्ता–सुरुवाल शरीरको लम्बाइअनुसार डिजाइन गर्नुपर्छ । केटी अग्ली र दुब्ली भए अनारकली कुर्तामा क्लाफ लेन्थ गर्नुपर्छ । वेस्ट लेन्थ नर्मल, स्लिभको लम्बाइ थ्री क्वाटरको उपयुक्त हुन्छ । डिजाइन गर्दा माथिल्लो भागमा भेल्भेट र तल्लो भागमा हाफ नेट प्रयोग गर्नुपर्छ । होचा युवतीका लागि कुर्ताको लम्बाइ क्लाफ लेन्थभन्दा लामो गर्ने । उचाइ कम भएको भन्नासाथ कम्मरदेखि तलको भाग छोटो भन्ने बुझिन्छ । त्यसमा कपडाको माध्यमले व्यक्तिको हाइट बढाउन मिल्छ ।

साधारण भन्दा अलिकति लामो गर्ने र भरसक नरम कपडा प्रयोगमा ल्याउने । नेक डिजाइन डिप ओपन गर्ने । आफ्नो शरीरको बनावटमा सोल्जरको भाग फराकिलो छ भने नेक डिजाइन गर्दा डिप कट गर्ने । इम्ब्रोइडरी गराउँदा नेक पार्ट र चेस्ट पार्ट राम्रोसँग डिफाइन भएको हुनुपर्छ । 

 Image