५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

सशस्त्र द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउन र उनीहरूलाई सशक्तिकरण गर्न योगदान पुर्याएकोमा द स्टोरी किचेनले सन २०१६ को 'टुमारो पिस बिल्डिङ' एवार्ड जितेको छ ।
उक्त पुरस्कारका लागि लागि ६१ देशका २४४ संस्थाबीच प्रतिस्पर्धा भएको थियो । महिला नेतृत्वमा शान्ति स्थापना विधा अन्तर्गत उक्त पुरस्कार जितेको द स्टोरी किचेनले जितेको हो । द स्टोरी किचेनले नेपालका १० वटा जिल्लामा सशस्त्र द्वन्द्वका बेला हिंसाबाट प्रभावित भएका महिलाहरुसँग काम गरिरहेको छ । सोमबार बेलायत स्थित पिस डाइरेक्ट संस्थाका संस्थापक सदस्य डा. सिला एलवर्थीले १० हजार अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गरेकी हुन् ।