अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
आज ६८ औं विश्व मानव अधिकार दिवस, सोही अवसरमा राष्ट्रपति विद्या भण्डारीले सम्पूर्ण मानवजातिका साझा अधिकारहरू सबैलाई सधैंभरि प्रत्याभूत गर्न सवैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘समष्टिगत रुपमा मानव अधिकारको संरक्षणमा जुट्न अभिप्रेरित गरौ भन्ने नारासहित विश्वव्यापी रुपमा मनाइने विश्व मानव अधिकार दिवस १० डिसेम्बरको अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिएको बताउनुभएको छ ।’
सन्देशमा भनिएको छ ‘संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा विभिन्न संस्थागत संरचनाहरु तथा नीतिगत एवम् कानूनी व्यवस्था गरिएका छन् ।’
मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ठोस योगदानका लागि संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक तथा कानूनी निकायको व्यवस्था गर्नु आफैमा सन्तोषको विषय रहेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ।
साथै सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग समेत गठन भई क्रियाशील रहेकोले नेपालमा मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ वनाउन मार्ग प्रशस्त गरेको सन्देशमा भनिएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्वन्धी नीतिहरूको कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वको रुपमा स्थापित गरिएको उल्लेख छ ।