Successfully Copied

यसरी बनाउन सकिन्छ एन्टी रिंकल प्याक

एक चिया चम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चिया चम्चा ताजा गुलाबको फूल पिसेर तयार पारिएको पेस्टमा अलिकति मह मिसाउने ।

एक चिया चम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चिया चम्चा ताजा गुलाबको फूल पिसेर तयार पारिएको पेस्टमा अलिकति मह मिसाउने । काँचो दूधमा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार सफा गर्ने । त्यसपछि उक्त प्याक अनुहारमा लगाएर २० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।

चार चिया चम्चा मजिस्ठा पाउडर, आधा चिया चम्चा मेवाको गुदी, आधा चिया चम्चा अश्वगन्धा पाउडर, केही थोपा बदामको तेल, आवश्यकतानुसार एलोबेरा जेल मिसाई पेस्ट बनाउने र अनुहारमा लगाउने ।

एक चिया चम्चा महमा एक चिया चम्चा बेसन, दुई चिम्टी बेसार, छ थोपा जैतुनको तेल मिसाएर प्याक तयार पार्ने । यसलाई नियमित रूपमा अनुहारमा लगाउने । 

दुई टेबल स्पुन मायोनाइसमा आधा चिया चम्चा ग्रयान्ड गरिएको काँक्रा तथा अण्डाको सेतो भाग मिसाएर अनुहारमा लगाउने । १० मिनेटपछि चिसो पानीले पखाल्ने । कागती, भेजिटेबल आयल तथा महको मिश्रण अनुहारमा लगाउने । स्याउलाई लेदो बनाई अनुहारमा लगाउने । सुकेपछि चिसोपानीले धुने । आठ ग्राम बदामको तेलमा १२ ग्राम चन्दन पाउडर, चारवटा अण्डाको सेतो भाग, २५ मिलिलिटर गुलाबजल मिसाई अनुहारमा लगाउने । 

एउटा नन मेटालिक प्यानमा अण्डाको सेतो भाग फिटेर हाल्ने । त्यसमा थोरै गुलाबजल मिसाई आधा मिनेटसम्म उमाल्ने । त्यसमा बदामको तेल तथा चन्दन पाउडर राम्रोसँग मिसाएर बोतलमा भर्ने । यसलाई थोरै–थोरै मात्रामा नियमित रूपमा अनुहारमा लगाउने । सुकेपछि माथिबाट तल गर्दै निकाल्ने र सफा पानीले अनुहार धोई मोइस्चराइजर लगाउने । 

 Image