Successfully Copied

स्वास्थ्यप्रति कति सजग हुनुहुन्छ ?

वर्क आउट गर्नुहुन्छ....

१.    वर्क आउट गर्नुहुन्छ....

    (क)    दैनिक रूपमा,

    (ख)    सातामा तीन दिन,

    (ग)    नियमित रूपमा गर्नुहुन्न ।

२.    कतै घुम्न जाँदा तपाईं सबैभन्दा बढी के इन्जोय गर्नुहुन्छ ?

    (क)    त्यहाँको खाना,

    (ख)    साइट सिन,

    (ग)    पैदल यात्रा ।

३.    लन्च टाइममा रुचाउनुहुन्छ.....

    (क)    साथीभाइसित कुराकानी गर्न,

    (ख)    पढ्न,

    (ग)    गार्डेन वाक  ।

४.    वाकमा जानु....

    (क)    बानीमा समावेश छ,

    (ख)    आवश्यक छ, त्यसैले जानुहुन्छ,

    (ग)    यो तपाईंको रुचि हो ।

५.    घरको सम्पूर्ण काम गर्नुपर्‍यो भने....

    (क)    जति आवश्यक छ त्यति गर्नुहुन्छ,

    (ख)    जति सोच्नुहुन्छ त्यति गर्न सक्नुहुन्न

    (ग)    म्युजिक बजाएर सम्पूर्ण काम सक्नुहुन्छ ।

६.    पार्टीहरूमा तपार्इं....

    (क)    सफ्ट ड्रिंक्सका साथ साथीभाइसित कुराकानी गर्न रुचाउनुहुन्छ,

    (ख)    मज्जाले नाच्नुहुन्छ,

    (ग)    पार्टी आयोजकसित मिलेर पाहुनाको ख्याल राख्नुहुन्छ ।

७.    आफूलाई मनपर्ने खाना खाएपछि....

    (क)    वाकका लागि निस्कनुहुन्छ,

    (ख)    घरको कुनै काम गर्नुहुन्छ,

    (ग)    आनन्दपूर्वक सुत्नुहुन्छ ।

८.    गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएको अवस्थामा......

    (क)    त्यहाँ जानुहुन्छ,

    (ख)    समय पाउनुभयो भने जानुहुन्छ,

    (ग)    बढी रुचि देखाउनुहुन्न ।

 

९.    कार्बोहाइड्रेट, फाइबर्स, भिटामिन, प्रोटिन आदि खानेकुरामा ध्यान दिनुहुन्छ ...

    (क)    कहिलेकाहीँ,

    (ख)    दैनिक रूपमा,

    (ग)    धेरैजसो ।

१०.    बजारमा उपलब्ध प्याकेटका सामग्री खरिद गर्दा कत्तिको ध्यान दिनुहुन्छ .........

    (क)    कहिलेकाहीँ,

    (ख)    सधैं,

    (ग)    धेरैजसो ।

 स्कोर : 

१. ५०–३७ : तपाईं स्वास्थ्यप्रति सजग हुनुहुन्छ । आफ्नो मात्र होइन घरका अन्य सदस्यहरूको स्वास्थ्यको पनि ख्याल गर्नुहुन्छ ।

 

२. ३६–१७ : स्वास्थ्यप्रति सजग त हुनुहुन्छ तर त्यसका लागि अतिरिक्त प्रयास गर्न रचाउनुहुन्न । यदि तपाईं अलि बढी सचेत हुने हो भने स्वास्थ्य राम्रो हुन्छ ।

 

३. १६–१० : तपाईं स्वास्थ्यका सम्बन्धमा खासै सजग हुनुहुन्न । यो तपाईं र तपाईंको परिवारका लागि राम्रो कुरा होइन । स्वास्थ्यप्रति सजग रहनुपर्छ । स्वस्थ शरीरबाटै सुख प्राप्त हुन्छ ।

स्कोर   क    ख    ग

१         ५    ३    १

२        १    ३    ५

३        १    ३    ५

४        ३    १    ५

५        ३    १    ५

६        १    ५    ३

७       ५    ३    १

८       ५    ३    १

९       १    ५    ३

१०      १    ५    ३

 Image