Successfully Copied

कसरी बन्ने सुपर वाइफ ?

आपसी सहयोगको भावना भए वैवाहिक जीवनमा मिठास भरिन्छ । जसरी श्रीमतीले श्रीमान्सँग केही कुराको आशा गरेकी हुन्छिन्, त्यसैगरी श्रीमान्ले पनि श्रीमतीसँग केही कुराको अपेक्षा गरेका हुन्छन् ।

आपसी सहयोगको भावना भए वैवाहिक जीवनमा मिठास भरिन्छ । जसरी श्रीमतीले श्रीमान्सँग केही कुराको आशा गरेकी हुन्छिन्, त्यसैगरी श्रीमान्ले पनि श्रीमतीसँग केही कुराको अपेक्षा गरेका हुन्छन् । त्यसैले श्रीमान्को हरेक आशा र चाहना पूरा गरी आफू त्यही सुपर वाइफ हो, जसको खोजी श्रीमान्लाई थियो भन्ने कुरा प्रमाणित गर्न सकिन्छ । 

प्रेम : सम्बन्धमा मधुरता कायम रहोस् भनेर आपसी प्रेममा कमी आउन दिनु हुँदैन । आपसी प्रेमलाई बढाउँदै लानुपर्छ । आपसी प्रेमले खुसी तथा सुखी परिवारको निर्माणमा सहयोग गर्छ ।

 

साथी : साथी त्यस्तो सम्बन्ध हो जसले सधै साथ दिन्छ । श्रीमान्–श्रीमतीले एक–अर्कासँग साथीको व्यवहारका साथै प्रेम पनि गर्नुपर्छ ।

 

सम्मान : दाम्पत्य जीवनमा एक–अर्काको सम्मान अत्यावश्यक हुन्छ । यदि तपाईं आफू सम्मान खोज्नुहुन्छ भने सम्मान दिन पनि जान्नुपर्छ । सम्मान त्यस्तो कुरा हो जसले आपसी प्रेमलाई बढाउँछ ।

तालमेल : सुपर वाइफ तिनलाई भनिन्छ, जसले आफ्नो परिवारमा तालमेल मिलाउन सक्छिन् । माइती र घरमा कुनै भेदभाव राख्नु हुँदैन । सबै नाता–सम्बन्ध समान रूपमा सम्माननीय हुन्छन् ।

विश्वास : दह्रो विश्वासले सम्बन्धलाई बलियो बनाउँछ । विश्वास सम्बन्धको जग हो जुन टुट्दा मन मात्र नभएर घरपरिवार नै उजाडिन सक्छ । त्यसैले एक अर्कामा विश्वास कायम राख्नुपर्छ ।

कुराकानी : कुराकानीबाट हरेक समस्याको हल निस्कन्छ । त्यसैले कुराकानी गर्न छोड्नु हुँदैन । जति नै व्यस्त भए पनि कुराकानीको क्रमलाई टुंग्याउनु हुँदैन ।

ख्यालठटट : ख्यालठट्टाले सबैलाई रमाइलो प्रदान गर्छ । त्यसैले हाँसो–ठट्टा गरिरहनुपर्छ । हँसिलो व्यक्तिले हरेकको मन जित्न सक्छ ।

मिलनसार : मिलनसार व्यक्ति चुम्बकजस्तै हुन्छ, त्यसैले हरेक व्यक्ति यस्ता स्वभाव भएका व्यक्तिप्रति आकर्षित हुन्छन् । यो त्यस्तो गुण हो, जसमा थुप्रै गुण समाहित हुन्छन् । त्यसैले यो गुण आफूमा यथावत् राख्नुहोस् ।

ज्ञान : सुपर वाइफमा ज्ञानको भण्डार आवश्यक छ । आफ्नो ज्ञानको भण्डारलाई बलियो बनाउन समय–समयमा नयाँ–नयाँ जानकारी हासिल गर्नुपर्छ । जसले हरेक प्रकारको बहसमा सहभागी हुन सकियोस् ।

बचत : धन–सम्पत्तिको बचत महिलाले जति राम्रोसँग गर्न सक्छन्, त्यति अरूले गर्न सक्दैनन् । त्यसैले बचत गर्ने बानी बसाल्नु अति आवश्यक छ । बचत गर्ने बानी जीवनको महत्वपूर्ण भाग हो । बचत गर्ने बानीले आर्थिक मन्दीमा पनि मानसिक शान्ति प्रदान गर्छ ।

आशावादी : सधै आशावादी सोच राख्नुपर्छ । आफंै निराशामा डुबियो भने घरका अन्य सदस्य पनि कमजोर हुन्छन् । त्यसैले सधै सकारात्मक दृष्टिकोण अपनाउनुपर्छ । 

स्मार्ट बन्नुहोस् : आफ्नो व्यक्तित्वलाई श्रीमान्का साथै बाहिरी मानिसले पनि प्रशंसा गर्ने गरी आकर्षक बनाउनुपर्छ । यसका लागि आफूलाई प्रेजेन्टेबल बनाउनुपर्छ र त्यस्तो परिधान छनोट गर्नुपर्छ जसले आफूसँगै आफ्नो व्यक्तित्वलाई पनि अझ सुन्दर बनाउन सहयोग गरोस् । 

समर्पण : आपसी मेलमिलापका लागि सम्बन्धमा समर्पणको भावना आवश्यक छ । कुनै ठूलो खुसीका लागि स–साना खुसी त्याग्नुपरे पनि मनमा दु:ख नराखी त्याग्न सक्नुपर्छ ।

क्षमा : सुपर वाइफ त्यही नै हो, जसले स–साना कुराहरूलाई माफ गर्न सक्छन् । यदि श्रीमान्बाट कुनै गल्ती भए वा कुनै कुरामा झगडा परे समझदारी देखाउँदै उनलाई मार्गदर्शन गर्नुपर्छ । यसका साथै उनको गल्तीमा क्षमा दिने प्रयास गर्नुपर्छ ।

अहं : दाम्पत्य जीवनमा अहंले ठाउँ लिन थालेपछि सम्बन्ध कमजोर हुन्छ । दाम्पत्य जीवनको मूल आधार प्रेम भएकाले प्रेममा अहं हुनु खतरनाक मानिन्छ । त्यसैले श्रीमान्–श्रीमती दुवैले आफ्नो प्रेमको बीचमा अहंलाई आउन दिनु हुँदैन ।

समय : सुपर वाइफ बन्न समयअनुसार चल्नु आवश्यक छ । त्यसैले समयको महत्वलाई बुझेर अनावश्यक कुरामा आफ्नो समय खेर फाल्नु हुँदैन ।

अपेक्षाहरू : दाम्पत्य सम्बन्ध सुमधुर बनाउन एक–अर्कासँग कम अपेक्षा राख्नुपर्छ । ठूला अपेक्षाहरू पूरा नहुन सक्छन् र सम्बन्धमा चिरा देखा पर्न थाल्छ, जसलाई पूरा गर्न कठिन हुन सक्छ ।

समझदारी : परिवार चलाउन समझदारी आवश्यक छ । श्रीमान्–श्रीमतीबीच कुनै कारणले उत्पन्न भएको तनावले दाम्पत्य जीवनमा चिरा पर्न सक्छ । यस्तो नहोस् भनेर स–साना कुरामा चिन्ता लिनु हुँदैन।

टाढापन : जति आफ्नो जीवनसाथीसँग नजिक रहनु आवश्यक छ, त्यति नै दूरी पनि कायम राख्नुपर्छ । श्रीमान्लाई स्वतन्त्र छाडिदिनु नै एउटी समझदार श्रीमतीको कर्तव्य हो । यसो गर्दा आपसी प्रेम अझ बढ्छ ।

नराम्रो कुरा : श्रीमान्– श्रीमतीले एक–अर्काको नराम्रो कुरा कहिल्यै खोज्ने अथवा भन्ने काम गर्नु हुँदैन । 

उपहार : भनिन्छ– सानो उपहारले पनि मनको सारा कुरा खोलिदिन्छ । त्यसैले उपहारको क्रमलाई निरन्तरता दिनुपर्छ । जन्मदिन अथवा म्यारिज एनिवर्सरीबाहेक अन्य समयमा पनि श्रीमान्लाई स–साना उपहार दिनुपर्छ । 

सेक्स : दाम्पत्य जीवनमा सेक्सले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले यो भूमिकालाई निरन्तरता दिनुपर्छ । सेक्स नै त्यो शक्ति हो, जसले जीवनमा आनन्द र खुसी त ल्याउँछ नै साथै सम्बन्धलाई पनि बलियो बनाउँछ ।

 Image