‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।
डेढ वर्षदेखि मोडलिङमा सक्रिय अस्मिता गौतम एसएलसी प्रिन्सेस पनि हुन् । डेढ दर्जन र्याम्पमा हिँडिसकेकी अस्मिताले सुजुकी, सामसुङ आदिको विज्ञापनमा समेत अभिनय गरेकी छिन् । थुप्रै पत्रिकाका लागि फोटोसुट गराइसकेकी अस्मिताले हालसालै जर्मनीको एक क्यालेन्डरका लागि फोटोसुट गराइन् । त्यस क्रममा भारतीय फोटोग्राफरको क्यामेरा फेस गरेकी अस्मिता आफू र्याम्प एवं फोटोसुटमै रमाइरहेको बताउँछिन् । कामअनुसार उचित पारिश्रमिक पाइने हुँदा र्याम्पमा आफ्नो रुचि बढेको अस्मिताको तर्क छ ।