बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।

हालैमात्र भारतको बंगाल राज्यमानीलडेभिड सैलुन खुलेको छ । करोडौंको लगानीमा बंगालमा खोलिएको यो सैलुन २६ सय स्क्वायरको फराकिलो क्षेत्रफलमा निर्मित सुविधासम्पन्न भवनमा संचालन गरिएको छ । नीलडेभिड सैलुनको फ्रेन्चाइज बंगाल दुर्गापुरका अब्बल व्यवसायी विमल जैनले संचालनमा ल्याएका हुन् ।
यसैगरी, नीलडेभिडको फ्रेन्चाइज सैलुन भारतको कालिङपुङ झारखण्डको बकारोमा पनि भर्खरै संचालनमा आएको छ । अब लगत्तै भूटानको बोर्डर नजिक पर्ने जाइगोना, पटना, विहार, कोलकाता र नेपालमा पनि बिस्तार हुने तयारी भइरहेको नीलडेभिडले जानकारी दिएका छन् । त्यस्तै, नीलडेभिड सैलुन नेपालकोबुटवल, भैरहवा र इलाममा पनि संचालन हुने तयारी भइरहेको छ ।
नीलडेभिडले सन् २०१८ सम्ममा १ सय वटा फ्रेन्चाइज सैलुन संचालनमा ल्याई नीलडेभिड ब्रान्डालाई अझ मजबुत बनाउने योजना भएको जानकारी दिए । यसले हजारौं युवालाई रोजगार पनि दिने र सैलुन पेसालाई आर्थिक रूपमा पनि सशक्त बनाउँदै लाने कटवालको प्रमुख उद्देश्य रहेको छ । झापाको लक्ष्मीपुर भन्ने सानो गाउँमा जन्मिएका नीलडेभिडको नाम नसुन्ने सायद कमै होलान् । आफूभित्रको प्यासन, पेसाप्रतिको लगन अर्थात् मेहनतले आज नीलडेभिड कटवालको नाम देश–विदेशमा चिनिनु भनेको राष्ट्रका लागि नै सकरात्मक पक्ष हो ।
कपाल काट्ने पेसालाई कमसल पेसाका रूपमा हेरिनेक्षेत्रलाई देश–विदेशमा चिनाउन अहोरात्र खट्ने नीलडेभिडको यो योगदान प्रशंसनीय छ । नेपालमा नीलडेभिडकै कारण प्रतिष्ठित र लोकप्रिय पेसाका रूपमा स्थिापित हुन सफल सैलुन पेसा देश बाहिर पनि यसरी बिस्तार हुनु सम्पूर्ण नेपालीका लागि गौरवको कुरा हो ।