फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
अहिले सबैले आफ्नो फिटनेसप्रति चासो राख्छन् । आसामबाट विवाह गरी नेपाल आएकी मिलन अमात्यले अहिले आफ्नो शरीर स्वात्तै घटाएकी छिन् । दर्शकको माग तथा प्रशंसकहरूको रुचिलाई मध्यनजर गर्दै उनी अहिले स्टेजमा पनि उत्तिकै जमिरहेकी छिन् । यसअघि विश्व सुन्दरी गीतमा मोडलका रूपमा देखापरेकी मिलन हालसालै प्रदर्शनमा आएको लट्ठै बनायो गीतमा पनि मोडलका रूपमा देखापरेकी छिन् ।
अहिलेका दर्शकहरू आफूलाई मनपर्ने गायिकाहरूको स्वर मात्र सुनेर अघाउँदैनन् उनीहरू गायिकालाई गीतको भावसँगै देख्न पनि चाहन्छन् । सम्भवत: मिलनले आफै मोडल भएर दर्शक–श्रोताहरूको त्यही रहर पूरा गरेकी छिन् ।