Successfully Copied

कार्तिक महिनाको राशिफल

कुुनै कामविशेषले गर्दा यात्रा गर्नुुपर्ला । पारिवारिक सुुख मिल्नेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य

मेष:

कुुनै कामविशेषले गर्दा यात्रा गर्नुुपर्ला । पारिवारिक सुुख मिल्नेछ । वादविवाद हुुने योग भएकाले बोल्दा सजग रहनुुपर्नेछ । दिदीबहिनीसित राम्रो सम्बन्ध कायम रहनेछ । दाम्पत्य जीवनमा सामान्य खट्पट् भैरहनेछ । पेट, आखा एवं टाउको दुुख्नसक्छ । सन्तानसुुख मिल्नेछ ।

वृष:

उत्साह बढ्नुुका साथै मन पनि चङ्गाझौ उड्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने र समय बिताउने मौका मिल्नेछ । कुुनै कार्यमा विशेष सफलता मिल्नेछ । व्यापारिक क्षेत्रबाट पनि राम्रो आय आर्जन हुुनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । पारिवारिक स्वास्थ्यमा ध्यान दिनुुपर्ने देखिन्छ ।

मिथुन:

कहिलेकाहीँ काम गर्दागर्दै तनाव उत्पन्न हुुनसक्छ । अनाहकमा रीस उठ्नसक्छ । छोराछोरीलाई पनि नियन्त्रणमा राख्न तिकडम खेल्नुुपर्नेछ । श्रीमान्सित वैचारिक मतभेद हुुनसक्छ । काममा अपजस आइलाग्नसक्ने भएकोले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनुु राम्रो हुन्छ । रिसलाई काबूूमा राखी धैर्यपूर्वक शान्तचित्त भई काम गर्न सके परिवारमा शान्ति छाउनेछ ।

कर्कट:

परिवारका सदस्यहरूका साथै इष्टमित्रहरूसँग भेट्ने मौका मिल्नेछ । सन्तान सुख मिल्नेछ । व्यापारिक क्षेत्रपनि सफल रहनेछ । कुुनै कुुराबाट आर्थिक लाभ हुुनेछ । नौलो व्यक्तिसँग मित्रता गाँसिनेछ । घरमा अतिथिको आगमन हुुनेछ । आकस्मिक स्वास्थ्य समस्या आइलाग्नसक्छ । व्यावहारिक काम गर्दा सजगता अपनाउन सके सम्भावित अपजसबाट जोगिन सकिनेछ ।

सिंह:

नयाँ ठाउँको भ्रमण गर्ने मौका मिल्नेछ । पराक्रम बढ्नुुका साथै शरीर पनि स्वत:स्पूूmर्त रहनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । विभिन्न व्यक्तित्वहरूसँग भेटघाट हुुनेछ । नवीन कार्यको थालनी गर्ने विचार फुुर्नसक्छ । आपूूm अनुुकूूल सबै कार्य गर्ने मौका मिल्नेछ । पारिवारिक सदस्यहरूले पनि इच्छा बुुझी कार्य गर्नेछन् । सोचे अनुुरूप सबै कार्य सम्पन्न हुँदा हर्ष बढ्नेछ ।

कन्या:

पारिवारिक वातावरण सुुखमय रहनेछ । यात्रा गर्ने अवसर मिल्नसक्छ । नवीन वस्त्रप्राप्तिको योग छ । अभिनन्दित हुने अवसर जुर्नेछ । आर्थिक लाभ हुनेछ । प्राय:जसो सबै कार्य आफ्नै प्रभुुत्वमा सम्पन्न हुनेछन् । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । मालसामान हराउने सम्भावना छ ।

तुला:

कुुनै कामविशेषले यात्रा हुुनेछ । पारिवारिक सुुख एवं समृद्धि बढ्नेछ । विभिन्न कुुराको लाभ हुुनेछ । सन्तान सुुखका निमित्त खर्च हुुनसक्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । सन्तान लाभ हुुने योग छ । पेटका रोगीहरूले स्वास्थ्यप्रति सचेत रहनुुपर्ने बेला छ ।

वृश्चिक :

पारिवारिक सुुख एवं समृद्धि बढ्नेछ । कसैकसैको यो महिनामा स्थान परिवर्तन हुने सम्भावना छ । आफ्नो इच्छानुुसार समय यापनगर्ने अवसर मिल्नेछ । विभिन्न सरसामानको जोहो हुुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । नयाँ लुुगाफाटो एवं गरगहना जोरिने सम्भावना छ । मनोरञ्जनात्मक कार्यतर्फ मन सक्रिय रहनेछ । दाम्पत्य जीवन पनि सुुखमय रहनेछ ।

धनु:

धार्मिक कार्यतर्फ मन सक्रिय रहनेछ । सोचे अनुुसार सफलता मिल्नेछ । भ्रमण हुने सम्भावना छ । कसैकसैको जागीरमा बढुुवा हुुने योग छ । जहा गए पनि उचित मानसम्मान प्राप्त हुुनेछ । प्रतियोगितात्मक कार्यमा सफल भइनेछ । साथीभाइहरूसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनेछ । सबै कार्य राम्ररी सम्पन्न हँुुदा सन्तोष मिल्नेछ ।

मकर:

विभिन्न कुुराको लाभ हुुनेछ । कहीँ कतैबाट आर्थिक लाभ हुुनसक्छ । माइतीमावलीसँग भेटघाट गर्ने मौका जुर्नेछ । अधूूरा कामहरू क्रमश: पूूरा हुुदै जानेछन् । प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । गरेको काममा पनि सोचे अनुुसार सफलता मिल्नेछ । साथीभाइहरूसँग रमाइलो भेटघाट हुनेछ । व्यक्तिगत कार्य एवं खुुसीका लागि खर्च हुुनसक्छ ।

कुम्भ:

सोचेअनुुसार सफलता पाउन निकै खट्नुुपर्नेछ । काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छन् । घर खर्च पनि बढ्नेछ । अनपेक्षित विवाद हुुने योग भएकाले कामकुुरो गर्दा सतर्क रहनुुपर्नेछ । आफ्नो कामको साथसाथै खानपानको पनि ख्याल राखे सम्भावित स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ । अनावश्यक खर्च हुुनसक्ने भएकाले बजेट अनुुसार खर्च गर्नुु उपयुुक्त हुनेछ ।

मीन:

व्यक्तिगत खुुसीका लागि खर्च हुुनसक्छ । गरिएको काममा पनि सोचेअनुुरूपको प्रतिफल प्राप्त हुनेछ । धार्मिक कार्यतर्फ मन अग्रसर रहनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । आकस्मिक उपहार प्राप्त हुुनेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । छोराछोरीबाट पनि अपेक्षित सुुख एवं सन्तोष मिल्नेछ । अरूले गरेको र बोलेको काम आफूलाई चित्त नबुुझ्नसक्छ ।

 Image