Successfully Copied

मिठाईंको पर्व तिहार

मसिनो गरी पिसेको चामलको पिठो १ किलो, खस्रो चामलको पिठो २ पाउ, मैदा २ पाउ, चिनी २ पाउ, अलैंची पिसेको २० ग्राम, घिउ आवश्यकतानुसार ।

सनोज मिठाईं भण्डार, लगनखेल

सेल

सामग्री : मसिनो गरी पिसेको चामलको पिठो १ किलो, खस्रो चामलको पिठो २ पाउ, मैदा २ पाउ, चिनी २ पाउ, अलैंची पिसेको २० ग्राम, घिउ आवश्यकतानुसार ।

विधि : एउटा गहिरो भाँडामा चामलको पिठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हालेर मुछ्ने । त्यसलाई आधा घन्टाजति त्यत्तिकै छाड्ने । सेल पकाउने तावामा सेल डुब्ने गरी घिउ तताउने । घिउ तातेपछि एक डाडुजति मुछेको पिठोमा हालेर चलाउने । सोलीको सहायताले घिउमा सेललाई आकार दिन सकिन्छ । दुवै साइडमा पल्टाई–पल्टाई पकाएर खैरो भएपछि निकाल्ने । 

रोट

सामग्री : मैदा १ किलो, घिउ ३ पाउ, बेकन पाउडर ३ पाउ, खाने सोडा १ चम्चा ।

विधि : घिउ, चिनी, बेकन पाउडर तथा सोडालाई फिटेर त्यसमा पानी हाल्ने र मैदा हाल्दै मुछ्ने । नरम भएपछि कपडाले छोपेर दिनभरि राख्ने । भोलिपल्ट बेल्ने र साइजअनुरूप काटेर घिउमा फ्राइ गर्ने ।  पाकेर खैरो भएपछि रोट तयार हुन्छ । 

फिनी

सामग्री : मैदा १ किलो, घिउ ४ पाउ ।

विधि :मैदालाई नरम तथा पातलो हुने गरी मुछ्ने । घिउ तथा मैदालाई पनि राम्रोसँग फिट्ने । त्यसपछि पिठोलाई फोल्ड गरेर काट्ने । काटेपछि चारकुने आकारमा बेल्ने । यसलाई घिउमा ६–७ मिनेटसम्म पकाएपछि फिनी तयार हुन्छ ।

 Image