Successfully Copied

भूकम्पपछि चेलीबेटी बेचबिखन मौलायो

लीबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल, एनएनएजीटीले गत महिना राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

गत वर्षको भूकम्पपछि नेपालबाट चेलीबेटी बेचबिखन हुने क्रम थप वृद्धि भएको पाइएको छ । चेलीबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल, एनएनएजीटीले गत महिना राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उक्त जानकारी दिइएको हो । प्रस्तुत तथ्यांकअनुसार नेपालबाट बर्सेनि १३ हजार महिला तथा बालबालिका भारतमा बेचिने गरेका छन् । त्यस्तै, दुई लाख नेपाली महिला भारतमा यौन व्यवसायमा संलग्न छन् । म्यारिज ब्युरो, टुरिस्ट भिसा, विद्यार्थी एक्सचेन्ज आदि कार्यक्रमका नाममा समेत महिला तथा बालबालिका ओसारपसार गर्ने क्रम बढ्दै गएको पाइन्छ । सम्मेलनले सरकारलाई १६ बुँदे सुझाव दिएको छ भने महिला तथा मानव बेचबिखनका क्षेत्रमा कार्यरत संस्थाहरूलाई नयाँ कानुन बनाउन र हाल रहेका कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि आग्रह गरेको छ ।

 Image