Successfully Copied

वृद्धवृद्धाहरूमा कस्तो समस्या बढी देखिन्छ ?

बुवाआमालाई एक्लो महसुस हुन दिनुहुँदैन ।

वृद्धवृद्धाहरूमा कस्तो समस्या बढी देखिन्छ ?

उमेर वृद्धिसँगै मानिसको रोगप्रतिरोधात्मक क्षमता पनि कम हुँदै जान्छ । फलस्वरूप विभिन्न रोगले आक्रमण गर्न थाल्छ । यो उमेरमा बाथ रोग, नसा च्यापिने, पक्षघात, उच्च रक्तचाप, अल्जाइमर, डिमेन्सियाजस्ता रोग देखा पर्छन् भने श्वासप्रश्वाससम्बन्धी समस्याले पनि सताउन नसक्छ ।

वृद्धवृद्धाको खानपान कस्तो हुनुपर्छ ?

वृद्धवृद्धाको पाचनप्रणाली कमजोर हुन्छ । त्यसैले उनीहरूले खाने खानामा विशेष ध्यान दिनुपर्छ । प्रोटिनयुक्त तथा रेसादार खानेकुराका साथै दूध तथा दूधबाट बनेका खानेकुरा खानु उचित हुन्छ । डिहाइड्रेसन हुने भएकाले पानी प्रशस्त मात्रामा पिउनुपर्छ । 

वृद्धवृद्धाको स्याहार कस्तो हुनुपर्छ ?

हिजोआज धेरैजनाका छोराछोरी विदेशमा वा कामकाजी हुने भएकाले घरमा बुवाआमा मात्र बस्नुपर्ने स्थिति छ । त्यसैले यस्ता बुवाआमालाई एक्लो महसुस हुन दिनुहुँदैन । नातिनातिना भए पनि उनीहरू अन्यत्रै व्यस्त हुन्छन् । धेरै ठाउँमा नर्सिङ केयर खुलेका छन् । यस्ता ठाउँमा हेल्थ केयरका साथै समय बिताउन सहज हुन्छ । जहाँ भए पनि वृद्धवृद्धलाई एक्लो महसुस हुन दिनुहुँदैन ।

वृद्धवृद्धाहरूको स्वास्थ्य समस्याबाट छुटकारा पाउन के गर्नुपर्ला ?

रोगको पहिचान गर्नुपर्छ । स्वस्थ खाना दिनुपर्छ । नियमित रूपमा विशेषज्ञको सल्लाहमा शारीरिक व्यायाम गराउनुपर्छ । रोगको प्रकृति हेरेर सम्बन्धित विशेषज्ञको सेवा लिनु उचित हुन्छ । 

(बाँसबारीस्थित अर्किड केयर होम हेड अफ फिजियोथेरापी डिपार्टमेन्टकी डा. सुस्मिता ढकालसँगको कुराकानी)

 Image