Successfully Copied

वर्षाको समयानुकूल फेसन

वर्षाको आनन्द लिँदा पहिरन भिज्ने डर हुन्छ ।

वर्षाको आनन्द लिँदा पहिरन भिज्ने डर हुन्छ । अत: यो मौसमको रोमाञ्चक आनन्द खुलेर लिन सकिँदैन । तथापि वर्षामा पनि उचित पहिरन चयन गरी मौसमको आनन्द उठाउन सकिन्छ । गर्मी र जाडोमा हरेक दिन फिक्का कलरको कपडा लगाउन सकिन्छ तर वर्षाको समयमा गाढा रंगका कपडा उपयुक्त हुन्छन् । कारण गाढा रंगका कपडा वर्षामा खराब हुँदा पनि फोहोर देखिँदैनन् । त्यसैले वर्षामा  फ्लोरल ग्रिन, पेस्टल ब्लु, फ्लोरल ओरेन्ज, फ्लोरल एलो, डार्क ग्रे तथा डार्क ब्ल्याक रंगको छनोट गर्न सकिन्छ । यी रंग प्रयोग गर्दा वर्षामा खुसी प्राप्त हुन्छ र मुड पनि राम्रो हुन्छ ।

सलवार–कमिज, चुडीदार वा लेगिङ लगाउँदा पनि ब्राइट कलर्स नै छनोट गर्नुपर्छ, जसका कारण वर्षामा बटन खराब भए पनि चाँडै देखिँदैन । डार्क पिंक, डार्क रेड र डार्क चकलेटीजस्ता रंग प्रयोग पनि गर्न सकिन्छ । यी रंगलाई रोमान्टिक मानिन्छ र हेर्दा पनि सुन्दर हुन्छन् । अफिस वेयरका लागि सलबार–कमिजको राम्रो म्याचिङ गर्न सकिन्छ अर्थात् टप लाइट कलरको र बटम ब्राइट कलरको रोज्न सकिन्छ । अफिस वेयरका लागि सलबार–कमिज, साडी र जिन्सका साथमा एउटा स्ट्रा स्टोल पनि राख्न सकिन्छ । यो स्टोल फेसनका रूपमा पनि र वर्षाका बेला भिज्दा बढी कभर गर्न पनि प्रयोग गर्न सकिन्छ ।

कलेज जाने युवतीहरूले पनि स्कर्ट टप वा जिन्सका साथमा स्टोल लगाउन सक्छन् । जिन्स छनोट गर्दा सधै लाइट वेटेड जिन्स छनोट गर्नुपर्छ, जसले गर्दा वर्षामा भिज्दा पनि चाँडै सुकोस् । वर्षामा लाइट वेट अर्थात् हल्का सुतीका कपडा लगाउनु राम्रो विकल्प हुन्छ । त्यसैले वर्षामा पनि पेस्टल सेड्सको छनोट गर्न सकिन्छ । ब्राइट कलरका टप–कुर्ती उपयुक्त हुन्छन् । युवतीका लागि केप्रिज र युवाका लागि बरमुडा मनसुन सिजनको अल टाइम फेभरेट हुन्छ तर यसमा पनि चाँडै सुक्ने खालका सिफन, क्रेप, पौली वा नाइलिनजस्ता सिन्थेटिक फेब्रिक छनोट गर्नु राम्रो हुन्छ ।

अफिसमा साडी अनिवार्य छ भने सिन्थेटिक साडी लगाएर पनि पेटिकोट भने कटनको प्रयोग गर्नुपर्छ । कारण सिन्थेटिक पेटिकोट वर्षामा भिज्दा हिँड्न कठिन हुन्छ । मनसुनी हावामा आद्र्रता धेरै हुन्छ र यो आर्द्रता मात्र कटन कपडाबाट मात्र कम हुन्छ । त्यसैले वर्षाका लागि कटनका कपडा राम्रो विकल्प हुन्छन् । बजारमा पनि वर्षाका लागि लाइट कटनका कतिपय विकल्प उपलब्ध छन् ।

वर्षामा डेनिम लगाउनु ठीक हुँदैन, कारण यी कपडा सुक्न समय लाग्नुका साथै त्यसमा हल्काफुल्का गन्धसमेत आउँछ । वर्षामा सिन्थेटिक, पोलिस्टर, टेरिकटन, नाइलन तथा रेअन आदिजस्ता कपडाको प्रयोग गर्न सकिन्छ । जिन्स र डेनिमका कपडा लगाउनु छ भने थ्री फोर्थ वा केप्रिज प्रयोग गर्नुपर्छ । वर्षामा डार्क ब्राउन, मरुन, मेहन्दी कलर आदि रंगको उपयुक्त मानिन्छ । यो समयमा विवाह वा अन्य कुनै भोजमा पार्टी साडी लगाउने हो भने फ्लोरल प्रिन्टको प्रयोग राम्रो हुन्छ । ज्वेलरी पनि लाइट वेटेड र रंग नजाने खालको हुनुपर्छ । कपडा पनि रंग नजाने खालको होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । कपडाका साथ वर्षामा मेकअप र आफ्नो फुटवेयरतर्फ पनि विचार पुर्‍याउनु उत्तिकै आवश्यक छ ।

तस्विरहरु: महेश प्रधान

 Image