Successfully Copied

घटाउने होइन त मोटोपन ?

हिजोआज खानपान तथा जीवनशैलीका कारण मोटोपन जटिल समस्या बन्दै गएको छ ।

शरीर मोटो हुँदै जानु अहिलेका महिलाहरूको एउटा ठूलो समस्या हो । हिजोआज खानपान तथा जीवनशैलीका कारण मोटोपन जटिल समस्या बन्दै गएको छ । पुरुषहरूको तुलनामा महिलाहरू आमा भएपछि मोटा देखिँदै जान्छन् जसले विभिन्न समस्या निम्त्याउँछ । यद्यपि प्रयास गरियो भने शरीरको मोटोपन घटाउन नसकिने होइन जसका लागि विभिन्न प्रविधि नेपाल भित्रिएका छन् । त्यसैगरी बजारमा मोटोपन घटाउने स्लिमिङ टी, ग्रिन टी तथा आयुर्वेदिक टीहरू पनि उपलब्ध छन् जसले शरीरलाई छरितो बघाउँछन् । यसको नियमित प्रयोगले मोटोपन केही कम हुँदै जान्छ । त्यसैगरी मोटोपनको प्रमुख कारक अल्छीपन तथा खानपानमा लापरबाही भएकाले विशेष सावधानी अपनाउन सकिन्छ । अस्वस्थकर तथा सेता खानेकुराको सेवनमा केही कटौती गरियो भने पनि मोटोपनबाट छुटकारा प्राप्त गर्न सकिन्छ । कुनै पनि खानेकुरा अत्यधिक सेवन नगर्ने तथा  चिल्लो, पिरो एवं कार्बोहाइड्रेटयुक्त खानेकुरामा परहेज गर्दा पनि घरमै बसेर आफ्नो तौल केही कम गर्न सकिन्छ । भरसक फाइबरयुक्त खाद्यपदार्थलाई प्राथमिकता दिनुपर्छ ।

नियमित व्यायाम पनि तौल घटाउने अचुक उपाय हो । नियमित आधा घन्टादेखि एक घन्टा व्यायाम वा प्रात: भ्रमण गरेर पसिना निकाल्न सके बिस्तारै तौल घट्दै जान्छ । घरमै व्यायाम गर्न अल्छी लागे क्लबमा गएर व्यायाम गर्न सकिन्छ । यस्ता उपायबाट सफल भइएन भने स्लिमिङ सेन्टरहरूको सहयोग लिनुपर्छ । अहिले नेपालमै पनि खुलेका विभिन्न अवधारणा तथा प्राविधिक रूपमा सबल सेन्टरहरू खुलिसकेका छन् । अब आफ्नो शरीरको बढी बोसो घटाउन तथा सर्जरी गर्न विदेश जानु पर्दैन । यस्ता सुविधासम्पन्न तथा प्रविधियुक्त सेन्टरहरूले प्याकेजको हिसाबमा सेवा प्रदान गर्छन् । प्याकेजअन्तर्गत विभिन्न सिटिङका आधारमा यसको सेवा शुल्क कायम गरिन्छ । एकपटक उपचार गराउँदा ५ देखि ५० हजारसम्म खर्च आउँछ । यस्ता संस्थाले विभिन्न अन्तर्राष्ट्रिय सर्टिफाइड उपकरणहरूको माध्यमले उपचार गरिरहेका हुँदा यसबाट कुनै नकारात्मक असर हुँदैन ।  अनाकर्षक, असहज एवं रोगको कारक मोटो शरीरलाई छरितो बनाउन विशेष प्रयास थालनी गर्ने होइन त ?  

भेलासेप

भेलासेप नौलो प्रविधि हो । यसको माध्यमबाट निकै सरल तथा छोटो समयमा शरीरको अतिरिक्त बोसो घटाउन सकिन्छ । यसको नकारात्मक असर छैन । यो प्रविधि लो अल्ट्रासाउन्ड पद्धतिमा आधारित छ । अल्ट्रा साउन्डले पानीको फोका तयार गर्छ जुन बोसोको वरिपरि रहन्छ । यो बढ्दै गएपछि शरीर चलायमान हुँदा बिस्तारै बोसो बाहिर निस्कन्छ । यसका लागि विशेष उपचारको आवश्यकता पर्दैन । मेसिन प्रयोग भएको २० देखि ४० मिनेटका बीच यसले बोसो पातलो बनाउने काम सुरु गरिसक्छ । यसले बोसोको प्रकृति हेरी त्यसलाई पातलो बनाउँछ । यो प्रविधि प्रयोग गर्दा मानिसहरूले आराम महसुस गर्छन् तर पनि एक प्रकारको आवाजले उनीहरूलाई केही डिस्टर्ब गर्न सक्छ । यो बिनाअपरेसन तथा बिनाएनेस्थेसिया गरिने उपचार हो । यो उपचारलगत्तै आफ्नो काममा लाग्न सकिन्छ । पीडाबिना उपचार हुने भए पनि कहिलेकाहीँ उपचार गरिएको भागमा रातोजस्तो देखिन्छ तर त्यसबाट डराउनु पर्दैन । मेसिनबाट निस्किएको तातोपन सजिलै सहन सकिन्छ । यसले तौल कम गर्ने भन्दा पनि शरीरको आकारलाई चुस्त बनाउन सहयोग गर्छ । यो पद्धति करिब–करिब लाइपोसक्सनजस्तै हो । यो पद्धति कुनै पनि कसरतले घटाउन नसकेको बोसो पगाल्न उपयोगी छ । शरीरको कुनै पनि तन्तु तथा नसामा कुप्रभाव नपारी स्थायी रूपमा बोसो पगाल्ने हुँदा यो निकै प्रभावकारी छ । ५ देखि ७ सेसन लिनु आवश्यक भए पनि तेस्रो सेसनदेखि नै यसको प्रभाव अनुभव गर्न थालिन्छ ।

लाइपोलेजर फ्याट रिडक्सन

यो शरीरको आकारलाई चुस्त बनाउन तयार गरिएको नौलो उपकरण हो । यसले बोसो घटाएर शरीरलाई सही आकार दिने काम गर्छ । यसले शरीरमा भएको बोसोलाई प्राकृतिक हिसाबले पगाल्छ र  एडिपोस सेल जम्मा हुन दिँदैन । हामीले खाएको खानाको क्यालोरी यही एडिपोस टिस्युमा गएर जम्मा हुन्छ । यो सेललाई रिचार्ज गरिने ब्याट्रीसँग तुलना गर्न सकिन्छ जसले बोसो बढाउँछ । यसमा कुनै झन्झट तथा पीडाबिना अनि सुई प्रयोग नगरी उपचार गरिन्छ । यसले उपचारकै क्रममा प्रभाव देखाउँछ जसलाई जोकसैले अनुभव गर्न सक्छन् । यो बिनाअपरेसन बोसो घटाउने नौलो प्रविधि हो । लाइपोलेजर कम स्तरको चिसो लेजर थेरापी हो । यो विधिमा  शरीरका सबै भागबाट बिनासर्जरी बोसो पगालिन्छ । ४० मिनेटको वेस्टलाइन उपचारपछि यसले आधा इन्च मोटोपन घटाउँछ । व्यायामबाट घट्न नसकेको बोसो यसबाट घट्छ । यसलाई बीसीएस भनिन्छ ।

कुल स्कल्पटिङ

यो पनि विश्वमा भर्खरै आएको प्रविधि हो । यो बिनाअपरेसन बोसो घटाउने तथा शरीरलाई सेपमा राख्ने उपयुक्त उपाय हो । अहिले विश्वका अधिकांश स्लिमिङ सेन्टरमा यसको प्रयोग बढ्दै गएको छ । यसको माध्यमबाट चिसोपनबाट बोसोलाई जमाएर बिस्तारै बाहिर प्रसार गरिन्छ । एफडीएबाट प्रमाणित यो नौलो प्रविधिमार्फत खानपानबाट जम्मा भएको बोसो चिस्याएर बिस्तारै पगाल्ने काम गरिन्छ । यसको माध्यमबाट शरीरका विभिन्न भागको बोसो घटाउन सकिन्छ । यसको चिसोपन सजिलै सहन सकिने हुन्छ ।

 

इलेक्ट्रोम्याग्नेटिक थेरापी

यो चिनियाँ पद्धतिमा आधारित छ । यसको साध्य इलेक्ट्रो थेरापी तथा आधुनिक विज्ञानमा आधारित छ । यो प्रविधिअन्तर्गत विभिन्न विद्युतीय पल्स वेभ संचार गरी विभिन्न प्वाइन्टमा प्रभाव पार्दै तौल घटाइन्छ । यसले आन्तरिक नर्भ सिस्टम तथा इन्डोक्राइन सिस्टमलाई डिकम्पोज गरी बोसोका सेल्स तथा मेटाबोलिज्मलाई बढावा दिन्छ । यसले आन्तरिक सेक्रेसन पनि कम गर्छ । त्यसैगरी यस क्रममा चाइनिज परम्परागत मसाज पनि २० देखि ३० मिनेटसम्म दिइन्छ ।

सेप अप

सेप अप स्लिमिङ सेन्टरमा उपचारका क्रममा ओभिसिटी तथा शरीर पातलो बनाई चुस्त बनाउन सहयोग गर्छ  । यसले उपचारका क्रममा मोटोपन निकै कम गर्छ । सेप अपमा विश्वकै लोकप्रिय तौल घटाउने प्रविधिजस्तै अल्ट्रासोनिक क्याभियसन, रेडियो फ्रिक्वेन्सी, लाइपोसिस, भ्याकुम एवं प्रेसर थेरापी तथा इलेक्ट्रोम्याग्नेटिक थेरापीमार्फत उपचार गरिन्छ । काठमाडौंमा सेप अपका ४ वटा शाखा छन् जुन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहन्छन् ।

 

सेप अप नै किन ?

  • १५ दिनमा ५ देखि १५ केजी तौल घटाउने ग्यारेन्टी ।
  • प्रयोग गरिएका सबै प्रसाधन हर्बल ।
  • व्यक्तिगत लकरको व्यवस्था ।
  • तातो तथा चिसो पेय ।
  • स्वस्थकर वातावरण ।
  • सबै उपकरण शतप्रतिशत स्टेरलाइज्ड ।
  • हरेक ग्राहकका लागि सफा तौलिया, गाउन तथा लाइनरको व्यवस्था ।
  • एअर कन्डिसनयुक्त ।
  • सबै उपकरण एफडीए तथा सीई सर्टिफाइड ।
  • सेप अपका प्याकेजहरू
  • ३० दिने तौल घटाउने प्रोग्राम ।
  • १२ सेसन क्यभियसन, लाइपोसिस, आरएफ तथा भ्याकुम ।
  • अल्ट्रासोनिक क्याभिएसन ।
  • इलेक्ट्रोम्याग्नेटिक थेरापी ।
  • रेडियो फ्रिक्वेन्सी ।
  • लाइपोलेजर थेरापी ।

 

ओटु वक्र्स एन्ड बडी सेपिङ

करिब एक वर्षदेखि छालासम्बन्धी सेवा प्रदान गर्दै आएको ओटु फेसियल वक्र्सले नेपाली महिलाहरूमा देखिएको मोटोपनलाई मध्यनजर गरी बडी सेपिङ सेवा पनि प्रारम्भ गरेको छ । भाटभटेनीस्थित यो सेपिङ केन्द्र शान्त वातावरणयुक्त छ । यहाँ कोरियन प्रविधि प्रयोग गरी शरीरको संरचना मिलाइन्छ भने शरीरको जुन भागमा मोटोपन देखिएको छ उक्त भागलाई मात्र पनि सेपिङ गरिन्छ ।

 

ओटु सेपिङ सेन्टर नै किन ?

  • शतप्रतिशत प्राकृतिक तथा प्रभावकारी ।
  • कुनै सर्जरी गर्नु नपर्ने ।
  • कुनै औषधि प्रयोग नहुने ।
  • कुनै वर्क आउट गर्नु नपर्ने ।
  • आन्तरिक प्रविधिमा आधारित ।
  • एक महिनामै ७ केजीसम्म तौल घटाइने ।

 

सेवाहरू

  • बडी सेपिङ तथा स्लिमिङ ।
  • वेट मेनेजमेन्ट ।

 Image