कसरी लगाउने पहिरन

वस्तवमा, पहिरन लगाउने भनेर मात्र हँदैन, आकर्षक र अरामदायी पनि हुनुपर्छ । यो जान्नै नसकिने अप्ठ्यारो कुरा भने होइन ।

नारी संवाददाता

श्रावण २४, २०७३ 

धेरैलाई आफूले लगाएको पहिरन उत्तम लाग्छ । मैले छानेको डिजाइन ठीक छ भन्ने भ्रम हुन सक्छ । यद्यपि सत्य के हो भने  फेसन डिजाइनरबाहेक धेरैलाई कुन पहिरन कुन बेला कस्तो मानिसका लागि उपयुक्त हुन्छ भन्ने जानकारी नहुन सक्छ । यो जान्नै नसकिने अप्ठ्यारो कुरा भने होइन । लामो समयसम्म फेसनको क्षेत्रमा काम गरेका स्वदेशी तथा विदेशी फेसन डिजाइनर एवं सौन्दर्यशास्त्रीहरूले आफ्नो अनुभवका आधारमा पहिरन लगाउने विधि बताउँदै आएका छन् ।

  • होचा नेपाली युवतीले ठूला बुट्टा भएका पहिरन लगाउनु हुँदैन । चौडा बोर्डर भएको साडी, एउटै पोसाकमा फरक–फरक रंग भएका ताथा कुर्कुच्चासम्म आउने पहिरन लगाउनु हुँदैन । तथापि, एउटै रंगको सादा पहिरन लगाउनु उपयुक्त हुन्छ ।
  • छोटा खुट्टा हुने महिलाले हिल जुत्ता नै लगाउनुपर्छ । त्यस्तो जुत्ता लगाउँदा पैतालासम्म आउने पहिरन लगाउनु हुँदैन ।
  • अग्लो जिउडाल भएकी युवतीले स–साना बुट्टा भएको, गोलीगाँठासम्म आउने ठूला–ठूला बुट्टा भएका पहिरन लगाउनुपर्छ । त्यस्ता युवतीले एउटा पहिरनमा फरक–फरक रंग भएको कपडा लगाउनुपर्छ ।
  • मोटी युवतीले तीखो धार भएको चेक कपडा प्रयोग गर्नु हुँदैन । छोटो बोर्डर भएको, एउटै रंगको पहिरन लगाउनुपर्छ ।
  • दुब्ला–पातला युवतीहरूले हाफ चोलो वा कुर्ता प्रयोग गर्नु हुँदैन । त्यस्ता युवतीहरूका लागि ठूला बुट्टा भएको चेक तथा तीखो धार भएको पहिरन उपयुक्त हुन्छ ।
  • चौडा काँध भएका महिलाका लागि सोल्डर पेन्टिङ भएको पहिरन राम्रो मानिँदैन ।
  • आफ्नो कम्मर पातलो देखाउने इच्छा भए सोल्डर प्याड भएको पहिरन प्रयोग गर्नुपर्छ ।
  • भीनेक सेपको विशेषता नै दुब्लोपन प्रदर्शन गर्नु हो । मोटा युवतीले यस्तो पहिरन छनोट गर्नु उपयुक्त हुन्छ ।
  • मुलायम वा हलुका पहिरनले पातलो र भारी खालका पहिरनले मोटो देखाउँछ ।
  • शरीरलाई भद्दा देखाउने किसिमको पहिरन कसैका लागि पनि राम्रो मानिँदैन । यस्ता पहिरनबाट टाढै रहनु उपयुक्त हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>