आपत्कालीन अवस्थाका लागि कोष

नारी संवाददाता

श्रावण १४, २०७३  

कुनै पनि आशंकाबिना कसैको पनि आर्थिक अवस्था बिग्रन सक्छ । व्यवसाय घाटामा जानसक्छ । लगानी गरेको ठाउँमा भनेजति नाफा नहुन सक्छ । त्यसले आफ्नो आर्थिकस्थिति नाजुक बनाउन सक्छ । त्यसैले सदैव वित्तीय योजना बनाएर कुनै पनि परिस्थितिको सामना गर्न तयार रहनुपर्छ । भवितव्यलाई रोक्न त सकिंँदैन तर बेलैमा तयारी गरियो भने त्यसबाट सजिलै उम्कन भने सकिन्छ, तसर्थ आपत्कालीन आर्थिक परिस्थितिबाट जोगिन आपत्कालीन फन्ड तयार गर्नुपर्छ । 

फाइदा 

आवश्यकता भएका बेला आफ्ना साथी तथा इष्टमित्रसँग पैसा माग्नु पर्दैन । आपत्कालीन फन्ड आफ्नो हुँदा लगानी बन्द गर्नु पर्दैन । जागिर गयो भने पनि आत्मनिर्भर भइन्छ । घरमा विभिन्न समस्या उत्पन्न हुन सक्छन् । यस्तो अवस्थामा आपत्कालीन फन्डले राहत प्रदान गर्छ । 

ध्यान दिनुपर्ने कुरा 

आपत्कालीन फन्ड तुरुन्त निकाल्न सक्ने गरी जम्मा गर्नुपर्छ । आपत्कालीन फन्डका लागि सेभिङ खाता निकै उपयोगी हुन्छ । आपत्कालीन फन्ड बिस्तारै बन्ने हो । आफ्नो कतैको ठूलो आयलाई यसमा राख्ने गल्ती गर्नुहुँदैन । आफ्नो बाँकी खर्च, घरको बजेट, रिटाएरमेन्ट योजना तथा बालबालिकाको स्कुलको खर्च आदिले यसलाई प्रभावित तुल्याउँछ । आफ्नो आवश्यकताअनुसार आपत्कालीन फन्डको टारगेट फिक्स गर्न सकिन्छ । यद्यपि आफ्नो सेभिङ खातामा आवश्यकताभन्दा बढी पैसा हुनु हुँदैन । आफ्नो आयको १० देखि १५ प्रतिशत भाग आपत्कालीन फन्डका रूपमा जम्मा गर्नुपर्छ । यसबाट २ वर्षभित्र आपत्कालीन फन्ड तयार हुन्छ ।

आपत्कालीन फन्डमा नियमित रूपमा पैसा हाल्नुपर्छ । सेभिङ एकाउन्टका अतिरिक्त बजारमा आपत्कालीन फन्डका लागि चेकिङ एकाउन्ट, मनी मार्केट एकाउन्ट, मनी मार्केट फन्ड, सर्टिफिकेट अफ डिपोजिट तथा सर्ट टर्म बन्डसजस्ता कतिपय विकल्प पनि उपलब्ध छन् । आपत्कालीन फन्डबाट पनि केही रिटर्न प्राप्त हुन्छ चाहे त्यो कमै किन नहोस् । यसले आपत्कालीन फन्ड वृद्धि हुन्छ । 

के नगर्ने ?

आपत्कालीन फन्डको प्रयोग आपत्कालीन समयमा गरिन्छ । अरु आवश्कता पूरा गर्न यो फन्ड चलाउनु हुँदैन । सम्पत्ति, सेयर वा अन्य लगानीमा हाई लिक्विड हुँदैन किनभने यसलाई बिक्री गर्न तथा नगद बनाउन निकै समय लाग्छ । बजारमा तिनको उतारचढाव निकै हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>