वर्षाको फूलबारी

झरना नहर्की

श्रावण १३, २०७३ हिजोआज आफ्नो घरको सानो क्षेत्रफलमा पनि केही गमला राखेर फूलबारीको स्वरूप दिइन्छ । यसलाई प्रकृतिप्रतिको रुचि भन्न सकिन्छ जुन वर्तमान युगका लागि अत्यावश्यक कुरा पनि हो । नयाँ बोटबिरुवा लगाउन वर्षाको समय महत्वपूर्ण हुन्छ । वर्षा मुख्यत: नयाँ बोटबिरुवा सार्ने मौसम हो । यो इन्फेसन, साल्बिया, बगनबेली, ह्याबिस्कस, सिजरेन, डबल एलेजिया, जिनिया, डालिया आदि फूल फुल्ने समय पनि हो ।

अरु बेलाभन्दा बोटबिरुवा तथा आफ्नो फूलबारीमा यो समय बढी ध्यान दिनुपर्छ । झार गोड्नुपर्छ । वर्षा कीरा लाग्ने समय भएकाले कीटनाशक औषधि छर्कनुपर्छ । 

औषधिको प्रयोग 

  • एक लिटर पानीमा रोगर्ड, नुवान वा सफलमध्ये कुनै औषधि ३ मिलिलिटर तथा २ मिलिलिटरजति स्याम्पु हालेर स्प्रे गर्दा कीरा लाग्ने डर हुँदैन ।
  • वर्षामा पानी जमेर हैरान गर्ने मौसम पनि हो । आफ्नो फूलबारीमा पानी जम्न दिनु हुँदैन । पानीको निकास राम्रो हुनुपर्छ । 

मल

  • विभिन्न झारपात तथा बोटबिरुवाका पातबाट बनाइएको मल हाल्दा बोटबिरुवा राम्रा हुन्छन् । पाँगो माटोमा भुसको खरानी हालेर पानी नजम्ने गरी मल मिसाउनुपर्छ ।
  • सुरुमा बिरुवा रोप्दा ८ इन्चको गमलामा १ मुठी मल, १२ इन्चको गमलामा २ मुठी मल हान्नुपर्छ । त्यसको एक महिनापछि गमलाको वरिपरि मल राख्नुपर्छ । यो मौसममा बोनमिल (हड्डीको धूलो) पनि  उपयुक्त हुन्छ । 

देवप्रकाश राई, रोजडेल नर्सरी, मीनभवन

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>