- टिकेटिङ गर्दा सर्वप्रथम आफू जाने गन्तव्य तय गर्नुपर्छ ।
- विभिन्न ट्राभल एजेन्सीले दिने सेवा, सुविधा तथा छुटको उपयोग गर्नुपर्छ ।
- प्याकेजहरूका बारेमा पूर्ण जानकारी लिनुपर्छ । एक्लैभन्दा प्याकेजमा यात्रा गर्नु सस्तो तथा व्यवस्थित हुन्छ ।
- हवाई वा बस टिकटको निश्चित गर्नुपर्छ । हरेक टिकटमा लगेजको साइज तथा तौल लेखिएको हुन्छ तसर्थ टिकटका सर्तहरू राम्रोसँग पढ्नुपर्छ ।
- टिकट खरिद गर्दा भरपर्दो ट्राभल एजेन्सी छनोट गर्नुपर्छ ।
पूजा थापा, म्यानेजर, मातृभूमि ट्राभल्स, दरबारमार्ग