Successfully Copied

गहनाको संरक्षण

गहना केयर –ज्वलेरी लगाउँदा–फुकाल्दा सतर्क रहनुपर्छ । गहना निकाल्दा हुक्स, डिजाइन आदि ठीकसँग जाँच्नुपर्छ । –वर्षमा एकपटक पसलमा लगेर गहना सफा गराउनुपर्छ ।

गहना केयर

–ज्वलेरी लगाउँदा–फुकाल्दा सतर्क रहनुपर्छ ।  गहना निकाल्दा हुक्स, डिजाइन आदि ठीकसँग जाँच्नुपर्छ ।

–वर्षमा एकपटक पसलमा लगेर गहना सफा गराउनुपर्छ ।

कहाँ राख्ने ?

गहनालाई सही तरिकाले स्टोर गर्नु पनि एउटा कला हो । यो कला प्रयोग गरी वर्षौंसम्म  गहनाको चमक कायम राख्न सकिन्छ ।

–सुनका गहनामा स्क्रेच वा धूलो–माटोका कारण मैलो जम्मा हुन्छ, यसबाट जोगिन हरेक पिसलाई अलग–अलग मलमलको कपडामा बेरेर राख्नुपर्छ ।

–गहना राख्न गहना बक्स प्रयोग गर्नुपर्छ ।

गोल्ड  गहना सफा

–पानीमा माइल्ड डिटर्जेन्ट मिसाउनुपर्छ । यसमा गहना हालेर सानो आकारको सफ्ट ब्रसले सफा गर्नुपर्छ । सानो खालको ब्रसले गहनाको मिहीन डिजाइनका बीच लुकेको मैलो सफा गर्न सजिलो हुन्छ ।

–ब्रसले सफा गरेपछि गहनालाई नरम कपडाले पुछ्नुपर्छ । गहनाको बीच भाग राम्रोसँग पुछ्नुपर्छ । लामो समयसम्म चिसो राख्दा पनि  गहनाको चमक फिक्का हुन्छ ।

–ज्वेलरी सफा गर्न डिटर्जेन्टको ठाउँमा पाउडर पनि प्रयोग गर्न सकिन्छ ।

कहिल्यै नलगाउने ज्वेलरी  

–क्लोरिनयुक्त प्रोडक्टले घर सफा गर्दा ।

–बालबालिकाका साथमा खेलकुदमा सहभागी हुँदा वा घरमा डेकोरेसनका लागि सामान यताउति सार्दा ।

–स्वीमिङ पुलमा वा ज्याकुजीमा स्नान गर्दा ।

चाँदीका  गहना

–चाँदीका गहना सफा गर्न त्यसलाई मनतातो पानीमा हालेर सफ्ट टुथब्रसमा सेतो दुथपेस्ट हालेर बिस्तारै स्क्रब गर्नुपर्छ ।  गहनालाई पुन: तातोपानीले धुनुपर्छ ।

–त्यसपछि सफा र सुख्खा कपडाले पुछ्नुपर्छ । गहना नयाँजस्तै चम्किन थाल्छ । चाँदीका  गहना सफा गर्न टुथपेस्टबाहेक बेकिङ सोडा पनि प्रयोग गर्न सकिन्छ ।

–तातोपानीमा बेकिङ सोडा मिसाएर टबमा राख्नुपर्छ । टबमा गहना राम्रोसँग भिज्ने गरी पानी हाल्नुपर्छ । आघा घन्टासम्म गहनालाई पानीमै छोडेपछि टबबाट निकालेर सफा पानीले धुने । त्यसपछि सफा र सुख्खा कपडाले  पुछ्ने ।

 

 Image