Successfully Copied

गर्मीमा सुन्दर रहने राज

फेशियल, क्लिनजिंग, मेनिक्येर, पेडिकेयरलाई आफ्नो रुटिनमा समावेश गर्ने । फेसियल गर्दा नेचुरल तथा हर्बल फेशियल गर्ने । गर्मी मौसममा हप्ताको दुइृ पटक फलफूलको गुदिलाई १५ मिनेट लगाउने र सफा पानीले धुने । यसो गर्नाले अनुहारमा चमक आउनुको साथ साथै सुख्खा हुन दिंदैन ।

आजका युगमा नारी होस् वा पुरुष, विद्यार्थी देखि बृदासम्म जो सुकै पनि सुन्दरता प्रति सचेत भएको पाइन्छ । त्यसैले होला आफ्नो सुन्दरताको लागि व्यस्त जीवनवाट एकछिन समय मिलाएर जे जस्तो सुकै ट्टिमेन्ट गर्ने तयार छन् । हरेक मौसम अनुशारको पहिरन देखि लिएर अनुहारमा लगाउने क्रिमसम्म आजको आवश्यकता बनिसक्यो । विशेष गरी गर्मी महिनामा स्किनलाई अलि बढि ध्यान दिनुपर्छ । नर्मल स्किन पनि ओइली हुने, सनबर्न हेने हुन्छ भने ओइली स्किनमा डपण्डफोर बढ्ने समस्या हुन्छ । त्यसैले समस्या आउनु अगाडी नै सचेत रहन जरुरी छ ।

गर्मीमा घामवाट बच्ने उपायहरु

गर्मीमा धेरै समय सम्म नबस्ने । बाहिर निस्कनु भन्दा आधा घण्टा अगाडी सन्स  स्किन लगाउने । प्रत्येक २,२ घण्टामा रिप्लाई गर्ने । बाहिर निस्कदाँ साथमा सनस्किन, सनग्लास र स्काफ्र साथमा लिएर हिड्ने । हात खुटामा पनि सनब्लक लगाउने । मोइस्चराइजर प्रयोग गर्ने हो भने वाटर बेस  भएको प्रयोग गर्ने । सधैं साथमा छाता लिएर हिड्ने । पानी बढी मात्रामा पिउने । फलफूल , दही, जुस बढि प्रयोगमा ल्याउने । तरकारीमा हरियो साग सब्जी बढि खाने ।

फेशियल, क्लिनजिंग, मेनिक्येर, पेडिकेयरलाई आफ्नो रुटिनमा समावेश गर्ने । फेसियल गर्दा नेचुरल तथा हर्बल फेशियल गर्ने । गर्मी मौसममा हप्ताको दुइृ पटक फलफूलको गुदिलाई १५ मिनेट लगाउने र सफा पानीले धुने । यसो गर्नाले अनुहारमा चमक आउनुको साथ साथै सुख्खा हुन दिंदैन । साथै शितलताको अनुभव गराउँछ । यदि स्किन सन बर्न भएमा हप्ताको एकपटक चन्दन पाउडर र काँचो दुध मिक्स गरी १५ मिनेत प्याक बनाएर लगाउने । यदि घामवाट पिग्मेन्टेसन भएको छ भने दही वा दुध र बेसन मिक्स गरि लेप लगाउने । काँचो, मेवाको गुदि लगाउने । कात्रोको जुस, बन्दाकोभिको रस लगाउने ।

यदि छाला एकदम चिल्लोपना छ भने अमिलो फलफूलको रस लगाइदिने ।चिल्लो अनुहारमा जेल बेसको फेस वासले मुख धोइृ मुलटानी माटो र दुध मिक्स गरि लेप लगाउने । साथै गर्मीमा हरेक दिन माइल्ड स्क्रब गर्नुपर्छ । गमीृको समयमा बढि स्विमिंग जाने गर्छन् । त्यसैले स्विमिंग जानु भन्दा अधि सन प्रोटेक्ट क्रिम लगाउने । स्विमिंग पछि क्लिनजिंग गर्ने नबिर्सने ।

कपाललाई चिल्लोपनावाट जोगाउने उपाय

जाडोमा भन्दा गर्मी मौसममा छालाको साथमा कपालमा पनि बढि मात्रामा चिल्लोपना बढ्ने समस्या हुन्छ । कपाललाई चिल्लोपनावाट जोगाउनको लागि मेथीको धूलो, कागतीको रस, सेतो भेनेगर, मुल्टानी माटो र मेहेन्दी मिक्स गरि जरादेखि नै लगाउने । ४५ मिनेट सम्म राखेर चिसो पानीले पखाल्नुपर्छ । यसो गर्दा कपालमा चिल्लोपना नआउनुका साथै कपाल पनि स्वस्थ्य देखिन्छ यो महिनामा १ चोटी गर्दा उचित रहन्छ ।   

 Image