Successfully Copied

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६

व्यवस्थापन र विकासका क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर कार्यरत वसुुधा घोतानेले सन् २०१५ अप्रिल २७ देखि एउटा यस्तो स्वयंसेवक समूह गठन गरिन् जुन भूकम्पमा परेका परिवार र सदस्यहरूका लागि आजसम्म निरन्तर खटिरहेको छ ।

 
विशेष सम्मान
वसुधा घोतान
व्यवस्थापन र विकासका क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर कार्यरत वसुुधा घोतानेले सन् २०१५ अप्रिल २७ देखि एउटा यस्तो स्वयंसेवक समूह गठन गरिन् जुन भूकम्पमा परेका परिवार र सदस्यहरूका लागि आजसम्म निरन्तर खटिरहेको छ । स्वयंसेवक समूहको नेतृत्व गरिरहेकी घोतानेले स्वदेश तथा विदेशमा भएका साथीसंगी, परिवार एवं आफ्नो प्रोफेसनल सर्कलमार्फत सहयोग रकम र सामग्री जम्मा गर्न थालिन् । 
घोतानेको समूहले जम्मा गरेको सहयोग गोरखाको बारपाक नजिकैको गाउँ घ्याचोकमा पुनर्निर्माण र पुन:संरचनामा खर्च गरियो । परिणामत: उक्त गाउँमा ५ सय ३० वटा घरका लागि पुनर्निर्माण सामग्री उपलब्ध भयो । त्यति मात्र नभई उनले भूकम्पले क्षति पुर्‍याएका ठाउँका स्थानीयबासीलाई ५५ दिनको पुनर्निर्माण सीप विकास तालिमसमेत दिइन् । उक्त प्राविधिक तालिममा सिकर्मी–डकर्मी सीप सिकाइएको थियो ताकि पुनर्निर्माणको काममा पीडितहरू आफैं खट्न सकून् । वसुधा आफ्ना स्वयंसेवक प्रयोग गरी २० किलोवाटको सुमखोला हाइड्रोपावर स्टेशनको मर्मत–सम्भारमा समेत खटिइन् । यसै सिलसिलामा निर्माण गरिएको पहिलो नमुना घर परम्परागत गुरुङ शैलीको छ जसको नाम रोधी राखिएको छ । यसले पुनर्निर्माणमा सीप विकासको आवश्यकता र सामाजिक–सांस्कृतिक अवधारणाको आदान–प्रदानमा प्रभावकारी भूमिका खेल्ने वसुधाको विश्वास छ । 
वसुधालाई पुनर्निर्माणप्रतिको दृढ संकल्प र संरक्षणका लागि सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को विशेष सम्मानद्वारा सम्मान गरियो ।  
 

 Image