Successfully Copied

कृषिमा आधुनिकीकरण जरुरी

कृषिप्रधान देश भनिने हाम्रो नेपालमा कृषि क्षेत्रको अवस्था उतिसारो राम्रो छैन । निर्वाहमुखी कृषि प्रणाली कायमै छ । फलस्वरूप यो क्षेत्रमा लाग्ने महिलाहरूको अवस्था कष्टकर छ । कृषि पेसा अँगालेर बसेका महिलाहरूको संख्या र कष्ट पुरुषको तुलनामा बढी छ ।

कृषिप्रधान देश भनिने हाम्रो नेपालमा कृषि क्षेत्रको अवस्था उतिसारो राम्रो छैन । निर्वाहमुखी कृषि प्रणाली कायमै छ । फलस्वरूप यो क्षेत्रमा लाग्ने महिलाहरूको अवस्था कष्टकर छ । कृषि पेसा अँगालेर बसेका महिलाहरूको संख्या र कष्ट पुरुषको तुलनामा बढी छ । उनीहरूमा नारीको जन्म हारेको कर्म भन्ने उखान लागू हुन्छ । महिलाहरू आफूले गरेको परिश्रमको उचित सम्मान एवं प्रतिफल पाउनबाट समेत वञ्चित छन् । देशका कतिपय भू–भागमा समान कामका लागि समान ज्याला छैन । कतिपय अवस्थामा महिलाहरूले पहिलेभन्दा पनि बढी मानसिक दबाब झेलिरहेका छन् यति हुँदाहुँदै पनि उनीहरूको समस्या कतैबाट सम्बोधन हुन सकेको छैन । विदेश जाने होडमा पहिले पुरुष मात्र सामेल हुन्थे भने अहिले महिलाहरू पनि त्यसमा थपिएका छन् जसका कारण देशका थुप्रै ऊर्वर जमिन बाँझो पल्टिरहेका छन् । यसो हुन नदिन महिलाहरूलाई देशमै उचित वातावरण बनाइदिएर कृषि क्षेत्रमा लगाउनु आवश्यक छ । कृषिलाई उद्योगका रूपमा विकास गरेर विदेशिने युवाहरूलाई रोक्नु समयको माग हो । कृषि क्षेत्रको आधुनिकीकरण गरेर नेपालको चौतर्फी विकास गर्न सकिन्छ किनभने नेपालका सन्दर्भमा यो निकै भरपर्दो तथा उपयोगी क्षेत्र हो जसबाट महिलाहरूको मात्र नभै देशकै आर्थिकस्थितिमा समेत सकारात्मक परिवर्तन देखा पर्ने निश्चित छ ।

विमला पाठक, चितवन

 Image