Successfully Copied

वुमन एक्टको राष्ट्रिय कन्फेरेन्स

२०७३ असार १२ : वुमन एक्टले उपत्यकामा आजदेखि महिलाहरूको जीवनमा परेको असर र भूकम्प प्रभावित भवनहरुको पुन:निर्माणका लागि विभिन्न क्षेत्रमा आबद्ध संघसंस्था तथा व्यक्तिहरुलाई सहभागी गराई दुईदिने राष्ट्रिय कन्फेरेन्सको आयोजना गरेको छ ।

२०७३ असार १२ : वुमन एक्टले उपत्यकामा आजदेखि महिलाहरूको जीवनमा परेको असर र भूकम्प प्रभावित भवनहरुको पुन:निर्माणका लागि विभिन्न क्षेत्रमा आबद्ध संघसंस्था तथा व्यक्तिहरुलाई सहभागी गराई दुईदिने राष्ट्रिय कन्फेरेन्सको आयोजना गरेको छ । द एसिया फाउण्डेसन एवं यूएसएआईडीको सहयोगमा आयोजित पहिलो सत्र कार्यक्रमका प्रमुख अतिथि उप–प्रधान तथा रक्षामन्त्री भीम रावलले प्राकृतिक विपद्ले ध्वस्त पारेका भवन तथा सम्पदा पुन:निर्माण वुमन एक्टले आरम्भ गरेको कार्यक्रमको सफलताको कामना गर्दै भूकम्प प्रभावित क्षेत्रको निर्माणमा सबै संस्था एकजुट भएर लाग्नुपर्ने बताए । उनले नेपाल सरकारको तर्फबाट सक्दो प्रयास भइरहेको र निरन्तर पुन:निर्माणका लागि कटिबद्ध हुने विश्वास व्यक्त गरे । दुई दिने छलफलबाट मन्थन गरी भौतिक र चेतनाको स्तरबाट निस्केको नयाँ योजना  पुन:निर्माणमा लागू गर्न सके विकासमा राहत पुग्ने उप–प्रधान तथा रक्षामन्त्री रावलले दावी गरे ।

मधेसका बासिन्दाले बाढी जोखिमको सामना गरिरहेको स्मरण गर्दै जोखिम तथा पुन:निर्माणजस्ता गम्भीर कुरा लामो समय अड्काएर राखे झन् ठूलो विपद् आइलाग्ने राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले तर्क गरिन्  । उनले ३ सय ६५ दिन नै नेपालीहरु सुरक्षित भएर बस्नुपर्ने र प्राकृतिक नियतिलाई गम्भीर ढंगले अवलोकन गर्न जरुरी रहेको धारणा व्यक्त गरिन् ।

विगतको प्राकृतिक विपदले महिलाहरुको जीवनमा गम्भीर असर पारेको जानकारी दिँदै पुन:निर्माण कार्यमा सशक्त रूपले एकजुट भएर लागौँ भन्ने हेतुले राष्ट्रिय सम्मेलनको आयोजना गरिएको वुमन एक्टकी अध्यक्ष सिर्जना अधिकारीले जानकारी दिइन् । सम्मेलनमा विभिन्न क्षेत्रका दक्ष प्रशिक्षक तथा सहभागीबिच भूकम्पका कारण सृजित शारीरिक तथा मानसिक असर, अपराध, पुन:निर्माण तथा व्यवस्थापनका बारेमा दुई दिनसम्म छलफल हुनेछ । वुमन एक्टले महिलाका मुद्दा तथा विभिन्न विषयको विकास तथा सम्वद्र्धनका निम्ति पैरवी गर्दै आएको छ ।

 Image