प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
मिस नेपाल–२०१२ मा मिस इन्टरनेसनल भएपछि शुभेच्छा खड्का मिडियातर्फ आकर्षित भइन् । न्युज २४ देखि इसियस मिडियामा सिनियर एसिस्टेन्ट प्रोडुसरका रूपमा काम गरेकी शुभेच्छा केही वर्षदेखि कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा व्यस्त छिन् । र्याम्प मोडलिङ तथा पेपर एडहरूमा व्यस्त खड्काले दुईवटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । केही नयाँ गरौं भन्ने शुभेच्छा एन्वाइएक्स कस्मेटिक्समा व्यस्त छिन् । यसपटकको मिस नेपालमा उनी इभेन्ट कोर्डिनेटरका रूपमा सक्रिय थिइन् । सबैसँग छिट्टै घुलमिल हुनसक्ने शुभेच्छाले मिडियामै स्थापित हुने योजना बनाएकी छिन् । भर्खरै एउटा म्युजिक भिडियोमा अभिनय गरेकी शुभेच्छा आफूलाई चलचित्रमा काम गर्ने रुचि नभएको बताउँछिन् ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ