मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न
एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।

मिस नेपाल–२०१२ मा मिस इन्टरनेसनल भएपछि शुभेच्छा खड्का मिडियातर्फ आकर्षित भइन् । न्युज २४ देखि इसियस मिडियामा सिनियर एसिस्टेन्ट प्रोडुसरका रूपमा काम गरेकी शुभेच्छा केही वर्षदेखि कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा व्यस्त छिन् । र्याम्प मोडलिङ तथा पेपर एडहरूमा व्यस्त खड्काले दुईवटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । केही नयाँ गरौं भन्ने शुभेच्छा एन्वाइएक्स कस्मेटिक्समा व्यस्त छिन् । यसपटकको मिस नेपालमा उनी इभेन्ट कोर्डिनेटरका रूपमा सक्रिय थिइन् । सबैसँग छिट्टै घुलमिल हुनसक्ने शुभेच्छाले मिडियामै स्थापित हुने योजना बनाएकी छिन् । भर्खरै एउटा म्युजिक भिडियोमा अभिनय गरेकी शुभेच्छा आफूलाई चलचित्रमा काम गर्ने रुचि नभएको बताउँछिन् ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ